बबई गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम

दाङ,२१ चैत । बबई गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । प्रेस चौतारी दाङको आयोजना तथा बबई गाउँपालिकाको आर्थिक सहयोगमा आधारभूत पत्रकारीता तालिम सुरु भएको हो ।
प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता तथा बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विकको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा प्रेस चौतारीले एक वडा दुई पत्रकार अभियानलाई सफल बनाउन र मर्यादित पत्रकारिताको विकासका लागि आधारभूत पत्रकारिता तालिम दिन लागिएको बताईएको छ ।
तालिममा पालिकाभरका हरेक वडाबाट करिव ३ दर्जन प्रशिक्षार्थी सहभागीता रहेको छ । तालिम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा नेकपा एमाले बबई गाउँपालिका अध्यक्ष जीतबहादुर वली, गाउँपालिकाका प्रवक्ता टंकराज विश्वकर्मा, वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर डाँगी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्य, प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य बालकृष्ण पाण्डे, सल्लाहकार रंजिता शर्मालगायतले बोलेका थिए ।
उपाध्यक्ष प्रेम राम्जाको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी दाङका सहसचिव एकराज भण्डारीले गरेका थिए