Ad Area

एकीकृत समाजवादीको पक्षमा जुट्न युवाहरुलाई निर्देशन


दाङ,२२ चैत । युवाहरुलाई आगामी बैशाख ३० गते हुन थालेको स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजबादी) लाई जिताउने गरि लाग्न युवा संघ नेपालका स्थायी कमिटी सदस्य एव युवा संघ दाङ जिल्ला इन्चार्ज प्रेम बुढाले बताएका छन् ।

स्थायी कमिटी सदस्य एव युवा संघ दाङ जिल्ला इन्चार्ज बुढाले मंगलवार एक बिज्ञप्ति जारी गर्दै संविधान रक्षासँगै देशको विकास र परिवर्तनका लागि एकीकृत समाजावादीलाई जिल्लामा प्रमुख शक्तिका रुपमा जिताउन युवाहरुलाई निर्देशन दिएका हुन ।

परिवर्तनका सम्वाहक युवाहरु भएको भन्दै युवा नेता बुढाले युवाहरुलाई एकीकृृत समाजावादीमा जोडिन समेत आग्रह गरेका छन् । बुढालाई एकीकृत समाजावदी दाङले केही दिन अघि मात्र घोराही उपमहानगरपालिकाको सहइन्चार्ज जिम्मेवादी दिएको छ । स्थानी तह निर्वाचनको दिन नजिकिदै गर्दा जिल्ला एकीकृत समाजवादीले निर्वाचन केन्द्रीय विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ ।