Ad Area

गाउँपालिका अध्यक्षद्वारा सवारी साधन फिर्ता


दाङ,२७ चैत । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् ।

निर्वाचन आयोगले आसन्न बैशाख ३० गते हुन थालेको स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयोग गर्दै आईरहेको रा १ झ ६१६ नम्वरको बलेरो जिप आईतवार गाउँपालिका कार्यालयमा गाडी बुझाएका हुन ।

आचारसंहिता जारी भईसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गर्नु भएको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा वली गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सरकारी गाडीको प्रयोग गर्दै आएका थिए । वली नेकपा माओवादी कैन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Blog Post Ad Blog Post Ad