Ad Area

एमाले दाङकोउम्मेद्वार चयनभर्चुअल विधिबाट उद्घाटन


दाङ, २७ चैत । नेकपाएमाले दाङले वडा तहमाउम्मेद्वार चयनको प्रक्रिया अघि बढाएको छ । एमाले दाङ प्रचार विभागले आइतवार पार्टी कार्यालय भरतपुरमा गरेको कार्यक्रमको पार्टीका महासचिव शंकर पोख्रेलले भर्चुअल विधिबाट उद्घाटन गरेसँगै उम्मेद्वार चयनको प्रक्रिया शुरु भएको छ ।

कार्यक्रमलाई एमाले महासचिव पोख्रेलले भर्चुअल विधिबाट सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधनगर्दै महासचिव पोख्रेलले योग्य र विकास बुझेको व्यक्तिलाई उम्मेद्वार बनाउन निर्देशन दिए । पार्टीमाथि भैरहेको चौतर्फी घेराबन्दी र आक्रमणलाई चिर्दै समग्र पार्टी पंक्ति अघि बढ्नुपर्ने उहाँले धारणा राखेका थिए ।

कार्यक्रममा एमाले दाङका सचिवमनोहर बुढाथोकीले जिल्लाका सबै वडामा सर्वसम्मतउम्मेद्वार चयनलाई प्राथमिकता दिन आग्रह गरे । कार्यक्रम नेकपा एमाले दाङ प्रचार विभागप्रमुख सविन प्रियासनको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीले गरेका थिए ।

जिल्लाका १० वटापालिकामा १०० वडा वडाहरु रहेका छन् । अधिकांश वडाहरुमा उम्मेद््वार छनौटका लागि छलफल भइरहेको एमाले दाङले जनाएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले दुई उपमहानगरपालिका, एक नगरपालिका र तीन वटा गाउँपालिकाको नेतृत्व जितेको थियो ।

Blog Post Ad Blog Post Ad