Ad Area

हिमाल बचाँउ अभियानको पहिलो चरण सकियो


सुशील बस्नेत
दाङ,२८ चैत । मानव अधिकार तथा शान्ति समाजले गत चैत १८ गतेदेखि शुरु गरेको हिमाल बचाँउ नदि जोगाउँ लगायतका बिशेष अभियान आईतबार दाङमा सम्पन्न गरेको छ ।

लुम्बिनी प्रदेशको रुकुम पूर्बको रुकुमकोटबाट शुरु गरिएको अभियान,कर्णाली प्रदेशको रुकुम पश्चिमको मुसिकोट र सल्यानको श्रीनगरमा गरेको थियो । त्यस्तै आईतबार प्युठानको धर्मपानी,रोल्पाको होलेरी र दाङको घोराहीमा जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना, हिमालय बचाउँ अभियान र युद्ध निषेध : शान्ति विशेष सम्बन्धि अवधारणापत्रहरु वितरण गरिएको थियो ।

हिमालय बचाउँ : नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार, दुरब्र्यसनी बिरुद्धको अभियानका क्रममा६ जिल्लामा कार्यक्रम भएका छन् । एक हप्ते अभियानका क्रममा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति,केन्द्रीय सुशील बस्नेत, केन्दी्रय सचिव निर्मल नेपाली,दाङ शाखा सभापति तुलसीराम सुनारलगायतले विभिन्न जिल्लामा भएका कार्यक्रमलाई सम्वोधन गरेका थिए ।

उक्त अभियानमा शान्ति समाज दाङ शाखाका कोषाध्यक्ष कोमल डिसी,पूर्ब कोषाध्यक्ष अमृतप्रसाद शर्मा,शाखा सदस्य माधब बस्नेतको सहभागिता थियो ।

Blog Post Ad Blog Post Ad