Ad Area

नेवाः देय् दबुको जिल्ला कार्यसमितिको सपथ


दाङ, २९ चैत । नेवाः देय् दबु दाङको नयाँ नेतृत्वले सपथ लिएको छ । सोमवार एक कार्यक्रमको आयोजना गरी कार्यसमितिलाई सपथ ग्रहण तथा प्रमाण–पत्र प्रदान गरिएको हो । कार्यक्रम नेवाः देय् दबुका निवर्तमान अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षता तथा नेवाः देय् दबुका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रममा नेवाः देय् दबुका केन्द्रीय उपाध्यक्ष नरेशकुमार राजभण्डारी निर्वाचन समितिका संयोजक रोशनमान श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । समितिका बरिष्ठ उपाध्यक्ष पर्शुराम श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव नवराज श्रेष्ठले गरेका थिए । अधिवेशनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।

समितिको बरिष्ठ उपाध्यक्षमा पर्शुराम श्रेष्ठ, महिला उपाध्यक्ष गंगा श्रेष्ठ, उपाध्यक्ष राकेशकुमार श्रेष्ठ, सचिव नवराज श्रेष्ठ, सरिता श्रेष्ठ, कोषाध्यक्ष बुद्धिप्रकाश सिंह छन् । समितिका सदस्यहरुमा कवली श्रेष्ठ, अनुप श्रेष्ठ, दीपेन्द्र देव श्रेष्ठ, दिलकुमार श्रेष्ठ, तीर्था श्रेष्ठ, कला श्रेष्ठ, बिशाल श्रेष्ठ, यादव श्रेष्ठ छन् । समितिको पदेन सदस्यमा पुष्कर श्रेष्ठ, सुदर्शन श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ छन् । त्यसैगरेर आमन्त्रित सदस्यहरुमा अनिता राजभण्डारी, रिना श्रेष्ठ, भवानी राजभण्डारी छन् ।

Blog Post Ad Blog Post Ad