Ad Area

मेरो कथा : पिताम्बरको १७ वर्षे हास्यव्यंग्य यात्रा


 

कुनै समय यस्तो थियो, जतिबेला दाङमा रेडियो कार्यक्रम चलाउन ठूलै मिहिनेत गर्नुपथ्र्याे । त्यसबेला अहिले जस्तो रेडियोहरु खुलेका थिएनन् । रेडियो स्वर्गद्वारी दाङमा एकमत्रा रेडियो थियो ।

शुरुवाती दिनमा म रेडियोमा आउ जाउ गर्थे । तर मलाई कार्यक्रम दिइएको थिएन । रेडियोमा बजाउने विज्ञानपनहरुमा मात्र बोल्न पाइने । मलाई भने हसाउन आउने भएकाले कुनै हास्यवग्य कार्यक्रम चलाउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।

एकदिन मैले रेडियोमा हाँस्यव्यङ्ग्य कार्यक्रम चलाउँछु भनेर कार्यक्रम संयोजक लोकराज अधिकारीलाई प्रस्ताव गरे । लामो समय जवाफ आएन । एक दिन उहाँ(लोकराज अधिकारी)ले मलाई फोन गरेर कार्यक्रम चलाउ भन्नुभयो ।

त्यसपछि २०६१ सालदेखि मैले रेडियोमा टोकरी कार्यक्रम चलाउन शुरु गरें । तर कार्यक्रम दीर्घकालीन हुन्छ कि हुँदैन भन्ने चुनौती थियो । सुरुमा बुधवार विहान आधाघण्टा कार्यक्रम बज्थ्यो । टोकरीमा मैले स्थानीय भाषा र लवजमा चोटिलो पारामा हाव्यग्य गर्थे । रसिला चुट्कीलाहरु सुनाउथे । कहिले समयसामिक घटनाक्रम त कहिले राजनीतिक नेतामाथि व्यग्य गर्थे । यही कुरा स्रोताहरुले यसलाई खुबै मन पराइदिनुभयो । रेडियोमा अत्यधिक चिठी पत्रहरु आउन थालें ।

श्रोताहरुले कार्यक्रमको समय बढाउन प¥र्याे भनेर माग बढेपछि हप्ताको शनिवार कार्यक्रम बज्न थाल्यो । दुई महिना पनि चल्दैन कि भनेको कार्यक्रममा हप्तामा २÷३ हजारको संख्यामा पत्रहरु आउन थाले । स्रोताहरुका राम्रो प्रतिक्रिया आउथ्यो । हिजो मैले हाँस्यव्यङ्ग्य कार्यक्रम चलाउछु भन्दा रेडियोबाट यो कार्यक्रम चल्दैन, बढीमा २/३ महिना चल्छ भन्नुभएको थियो । म आफैलाई पनि दुई वर्ष भन्दा बढी चल्छ जस्तो लागेको थिएन । तर आज टोकरी चल्न थालेको १७ वर्ष भएछ । अहिले सम्झदा पनि अनौठौ लाग्छ ।

यो १७ वर्षको टोकरीको यात्रामा स्रोताबाट पाउने माया कहिले कमी भएन । उहाँहरुले माया नगरेको भए सायद टोकरी यहाँसम्म आउने थिएन, उहिले बन्द भइसक्ने थियो । खासमा मलाई थुप्रै स्रोताहरु माझ पिताम्बर रिजाल भनेर चिनाएकै र लोकप्रिय बनाएकै टोकरीले हो भन्दा फरक पर्दैन । आज म यस क्षेत्रमा छु त टोकरी कारण एक हो । स्रोताहरुको पठाएको चिठीपत्रहरुले टोकरी १७ वर्षसम्म चलिरहेको छ । यो मेरो जीवनको सुखद क्षण हो ।

तर अहिले समय बद्लिएको छ । रेडियोको पहिले जस्तो क्रेज छैन । स्रोता संख्या घटेको छ । तथापी टोकरी रोकिएको छैन । अहिले पनि स्रोताको माया कमी आएको छैन ।

सांगीतिक यात्रा पनि

गायन क्षेत्रमा मेरो रुची सानैदेखि थियो । २०५७ सालमा ‘राप्ती पुलैमा’ बोलको गीत रेकर्ड गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेको थिए । अहिले दोहरी गीत, तीज गीत र भजन गरेर करिव ५० को हाराहारीमा गीत आइसकेका छन् । पहिलो पटक गीत रेकर्ड गर्दाको क्षण मेरो लागि सबैभन्दा खुसीको क्षण थियो ।

पहिलो गीत भने ‘राप्ती पुलैमा..’ थियो । यही गीतले मलाई थप गीतहरु रेकर्ड गर्न प्ररित ग¥र्याे । रेडियोमा मलाई बोल्ने अवसर दिने गुरु विपुल पोख्रेल, लोकराज अधिकारी र गीतसंगीतका क्षेत्रमा दामु मर्सिफूललाई प्रेरणाका स्रोतका हुनुहुन्थ्यो ।

सानो छ दा भने मलाई नाचगान क्षेत्र तर्फ बढी रुची थियो । त्यसैले पढाई बिग्रन्छ की भन्ने परिवारलाई ठूलो चिन्ता थियो । तर आज के लाग्छ भने मैले उहाँहरुलाई निराश बनाइन । गीतसंगीतको क्षेत्रमा लागे पनि पढाईलाई निरन्तरता दिए । जस कारण २०७१ सालमा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीबाट धर्मशात्राचार्य गर्न सफल भए ।

राजाको अगाडी उभिएर बाचन गर्दा ..

२०५४ सालमा विश्वविद्यालयको दीक्षान्त समारोह थियो । त्यो समारोहमा तत्कालीन राजा वीरेन्द्र आउने कार्यक्रम थियो । उक्त कार्यक्रममा स्वस्ति वाचन गर्नुपर्ने हुन्थ्यो । त्यो वाचन विद्यार्थीबाट हुन्थ्यो । त्यसका लागि कलेज र विद्यालयबाट राम्रो स्वस्ति वाचन गर्ने विद्यार्थी सरहरुले छनोट गर्नुहुन्थ्यो ।

त्यो वर्ष स्वस्ति वाचन गर्ने विद्यार्थीमा म पनि परेको थिएँ । हजारौँ विद्यार्थीहरुले अध्ययन गर्ने ठाउँमा शुद्धसँग उष्कृट पाँच विद्यार्थीहरुमा माध्यमिक तहको विद्यालयबाट परेर राजाको अगाडि उभिएर स्वस्ति वाचन गर्न पाउँदाको क्षणलाई मेरो सम्झाना लायक क्षण हो ।

एकल गायन होस् वा दोहोरी प्रतियोगिताका लागि होस् विभिन्न जिल्लाहरुमा पुगेको छु । ती मध्यको एउटा अनुभव २०६२÷०६३ सालको जनआन्दोलनपछि नेपाल सांस्कृतिक संघले आयोजना गरेको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हो । प्रतियोगितामा दाङबाट रिजालसँगै यादव योगी, सन्दीप न्यौपाने, देवकला बस्नेत, ज्योति मगरलगायतको टिम थियो ।

त्यो बेला जिल्ला–जिल्लाबाट छनोट हुँदै मध्यपश्चिमाञ्चलमा उत्कृष्ट भएर हामी राष्ट्रिय प्रतियोगिताका लागि काठमाडौं गएका थियौँ । फाइनलमा मध्यमाअञ्चलको टिमसँग हाम्रो दोहोरी परेको थियो । दाङबाट जित्दै गएकाले हामीमा हौसला समेत बढेको थियो । हामीलाई जित्छौँ भन्ने विश्वास थियो । हुन पनि त्यस्तै भइदियो । हामीले प्रतियोगिता जित्यौँ । राष्ट्रिय प्रतियोगितामा प्रथम भयौँ । त्यसपछि हामीलाई प्रथम पुरस्कार नेपाली कांग्रेसका सभापति समेत रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बालुवाटारमै पुरस्कार दिनुभएको थियो । उहाँको हातवाट पुस्कार प्राप्त गरेका थिए ।

अहिले रेडियो स्वर्गद्वारी र शिक्षण पेशाका रुपमा घोराहीमा रहेको हिन्दू विद्यापीठमा आबद्ध रहेका रिजाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको जिल्ला सदस्य तथा अञ्चलको कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ, लेखक संघ, प्रेस युनियन दाङ, सिस्नुपानी नेपाललगायत विभिन्न संघसंस्थामा आबद्ध छन् । उनले राप्ती अञ्चल स्तरीय छन्द कवितामा अञ्चल प्रथम, राष्ट्रिय दोहोरी प्रतियोगितामा ४ पटक प्रथम, साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका विभिन्न संघसंस्थाहरुबाट दर्जनौ पुस्कार तथा सम्मान प्राप्त गरेको छु ।

 

पिताम्बर रिजालसँगको कुराकानीमा आधारित