Ad Area

महिलाका मुद्धा उठाउन माग


दाङ,२९ चैत । स्थानीय तहको निर्वाचनमा महिला सहभागीता बढाउनका लागि महिलाहरुको मुद्धामा आवाज उठाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सञ्चारिका समूह दाङको मंगलवार तुलसीपुरमा सम्पन्न पहिलो बैठकले यस्तो माग गरेको हो ।

सञ्चारिका समुह दाङकी अध्यक्ष सुलोचना गौतमको अध्यक्ष तथा समुहकी सल्लाहकार नारायणी रजौरेको प्रमुख आतिथ्यतामा बसेको बैठकले संस्थालाई चलायमान बनाउनका लागि महिला पत्रकारहरुलाई सक्रिय हुन समेत जोड दिएको छ ।

त्यसैगरी महिला पत्रकारहरुको मुद्दामा आवाज उठाउनुपर्ने, स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहितामा रहेर सूचना सम्प्रेषण गर्नका लागि उचित बाताबरण निर्माण गर्ने विषयमा छलफल भएको थियो । सस्थाले आफ्नो नियमित बैठक प्रत्येक महिनाको अन्तिम शनिवार बस्ने निर्णय गरेको सस्थाकी अध्यक्ष सुलोचना गौतमले जानकारी दिएकी छिन् ।

संस्थाकी सह–सचिव दिप्तिशिखा चौधरी थारु पत्रकार संघको केन्द्रिय सचिवका निर्वाचित भएकोमा बधाई तथा सम्मान समेत गरेको थियो । बैठकको सहजीकरण संस्थाका सचिव निरला अर्यालले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad