Ad Area

नेपाल मगर संघ केन्द्रमा नयाँ नेतृत्व,प्रथम शहीदको अपमान हुने गरि नबोल्न आग्रह


दाङ, २९ चैत । नेपाल मगर संघ केन्द्रीय समितिले नेपालको प्रथम सहिद लखन थापा मगर भएको भन्दै राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेको छ ।

संघको २५,२६ र २७ गते दाङको घोराहीमा सम्पन्न भएको १२औं राष्ट्रिय महाधिवेशनले चयन गरेको नेतृत्व बारे जानकारी दिने उद्देश्यले नेपाल मगर संघ केन्द्रीय समितिले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनले नेपालको प्रथम सहिद थापामगर भएको भन्दै उनको बारेमा भ्रम सिर्जना गर्ने गरि नबोल्न सवैलाई आग्रह गरेको छ ।

‘नेपालको प्रथम सहिद लखन थापा मगर हुन भन्ने सबैलाई थाहा छ’, नवनिर्वाचित केन्द्रीय अध्यक्ष पुनले भने– ‘सहिदलाई अपमान गर्ने गरी कसैले बोल्न हँुदैन । अरु कोही भए प्रमाण पेश गर्न आग्रह गर्दछौ ।’ उनले अरु कुनै सहिद भए प्रमाण पेश गरेर छलफलका लागि ल्याउन समेत आग्रह गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लखन थापा मगर नेपालका प्रथम सहिद होइनन् भन्ने केही दिन अघि अभिव्यक्ति दिएका थिए ।

त्यसैगरी १२औं महाधिवेशनले समावेशी लोकतन्त्रको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने, एकीकृत मगराज स्वायत प्रदेश स्थापना हुनुपर्ने, मगरात सभ्यतालाई मगरात दर्शन र विचारका रुपमा विकास गर्ने, शैक्षिक तथा आर्थिक समृद्धिसहितको समाज विकास गर्न माग गरेको छ । त्यसैगरी गाजा खेतीलाई कृषिका रुपमा लिनुपर्ने, सिस्नो र ढिडोलाई मगर समुदायको राष्ट्रिय खानाका रुपमा घोषणा गर्नेलगायतका सरकारसँग माग रेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल मगर संघका निवर्तमान अध्यक्ष तथा मगर संघका अन्तराष्ट्रिय अध्यक्ष नवीन रोकामगरले सैद्धान्तित एवं संगठानात्मक रुपमा १२औं महाधिवेशन ऐतिहासिक भएको बताए । उनले नेपाल मगर संघ र समग्र मगरहरुको पहिचान र अस्तित्व मेटाउने गरी केही व्यक्तिहरु लागे पनि सफल हुन नसकेको बताए ।

संघको राष्ट्रिय अध्यक्षमा पुन

Blog Post Ad

यसैबीच नेपाल मगर संघको १२औँ राष्ट्रिय महाधिबेशनले ज्ञानेन्द्र पुनमगरको अध्यक्षतामा १ सय १५ सदस्य नयाँ नेतृत्व चयन गरेको छ । संघको सहअध्यक्षमा दलबहादुर बिरकट्टा, गगबहादुर थापा, गंगा खासु मगर, बरिष्ठ उपाध्यक्षमा धनबहादुर पुनमगर, महिला उपाध्यक्षमा सिमा गर्वुजा, सीता राना, कमल पुनमगर, खुल्ला उपाध्यक्षमा गिता सारु, दलजित रोका, रक्षबहादुर रैका, जगतबहादुर रेश्मीमगर रहेका छन् ।

बाह्र मगरात उपाध्यक्षमा लिला रानामगर, गणेश पिठाकोटे, अठार मगरात उपाध्यक्षमा जीवन प्रबेश रोकामगर, सांस्कृतिक उपाध्यक्षमा कविराज मगर रहेका छन् । संघमा महासचिबमा टेकबहादुर नाम्जाली, उपमहासचिब संगठनतर्फ खगेन्द्र पुन, महिलातर्फ एकु थापामगर, सविना बुढामगर, सञ्चारतर्फ होमराज खपांगीमगर, विदेशतर्फ कमला थापा, चन्द्रज्योति आले, शारदा मगर, विषेशतर्फ जगप्रकाश बुढा रहेका छन् । प्रशासनतर्फ मिनबहादुर दर्लामी, सावित्री थापा, मनबहादुर पुनमगर, छत्रबहादुर लुङेली, खेम पुनमगर र राजु राना, संघको प्रदेशतर्फ ९ जना सचिब तोकिएको छ ।

जसअनुसार बागमतीमा राजकुमार थापा, राजकुमार सारु, भातृ संगठन तर्फ विनिता आले, गण्डकीतर्फ लोकेन्द्र ताराङ, मधेश प्रदेशमा रामकुमार आले, सुदुरपश्चिममा बिन्दा थापामगर, छत्रबहादुर घले, लुम्बिनीमा जसबहादुर पुन, कर्णालीमा विमल सारुमगर क्षत्रबहादुर लुङगेली रहेका छन् । संघको कोषाध्यक्षमा हिरासिंह सराङकोटी र सहकोषाध्यक्षमा पूर्णबहादुर राना रहेका छन् । त्यसैगरी महाधिवेशनले खुल्ला, प्रदेश र बिदेशबाट प्रतिनिधिीत्व हुने नयाँ कार्यसमिति चयन गरेको छ ।

Blog Post Ad Blog Post Ad