Ad Area

चलचित्र ‘झिल्के’को ट्रेलर सार्वजनिक


दाङ,३० चैत । दाङमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘झिल्के’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रका निर्देशक तथा कलाकार सुदन थापाको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यता एवं महासंघका सचिव आर.के.शीतलको विशिष्ट आतिथ्यतामा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । चलचित्र सामाजिक,पारिवारिक विषयवस्तुलाई समेटेर मनोरञ्नात्मक रुपमा निर्माण गरिएको चलचित्रका निर्देशक तथा कलाकार थापाले बताए । उनले चलचित्रले नेपाल समुदायमा घट्ने गरेका विषयवस्तुहरुलाई समेटेको बताए ।

राजधानीदेखि टाढा बसेर निरन्तर रुपमा कलाकारिता क्षेत्रमा संक्रिया थापाले दाङ पनि चलचित्र छायाकनका लागि उपयुक्त ठाउँ हो भनेर सन्देश दिनका लागि पनि चलचित्रहरु निरन्तर रुपमा निर्माणको काम गरिरहेको बताए । उनका अनुसार चलचित्रलाई बैशाखको दोश्रो घोराहीमा प्रदर्शनको तयारी समेत गरिएको छ । दाङकै पर्यटकिय स्थलमा छायांकन गरिएको चलचित्रमा ग्रमीण परिवेशको गरिवी र अभावग्रस्त युवाको जीवन कथालाई कलात्मक ढंगले उठान गरिएको निर्देशक थापाले बताए ।

सुदन थापाकै लेखन निर्देशन रहेको चलचित्रमा स्वयम थापा मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा उनीसँगै पछिल्लो समय सामाजिक सञ्जाल चर्चामा आएकी लक्ष्मी थापा, बालकलाकारको भूमिकामा ११ बर्षीय मिरिद्धीया महराको अभिनय रहेको छ । अन्य कलाकारहरु नवीन डाँगी, बाबुराम डाँगी, निता पुन, रोजन रोका, मनोज राना, रुचा मगर, अर्जुन हमाल, गोपाल नेपाली, विजय सुनार, गणेश सुनारको अभिनय रहेको छ ।

कम लगानी र अत्यावश्यकिय स्रोत साधनको अभावमा समेत मोफसलबाट सही कथावस्तुसहित सामाजिक यथार्थता उजागर गर्ने उदेश्यले निर्माण गरिएको उक्त चलचित्र दाङकै भुमीमा छायांकन गरिएको निर्माण पक्षको भनाइ छ । निरन्तर चलचित्र निर्माणले क्षमतावान कलाकारहरुलाई बाहिर ल्याउन समेत भूमिका खेलेको निर्देशक तथा कलाकार थापा बताउँछन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad