Ad Area

नव वर्ष २०७९ को पूर्व सन्ध्यामा घोराहीमा दीप प्रज्वलन


दाङ,३० चैत । नव वर्ष २०७९ सालको पूर्व सन्ध्यामा घोराहीमा दीप प्रज्जवलन गरिएको छ । हिन्दू स्वयंसेवक संघ दाङको आयोजनामा घोराही उपमहानगरपालिकाको दामोदर चोकमा बुधवार साँझ दीप प्रज्वलन गरिएको हो ।

दामोदर चोकमा नेपालको नक्सा बनाएर माटोको पालामा दीप प्रज्वलन गरी गरिएको थियो । विदेशी आयातित संस्कृतिलाई हटाउँदै नेपाली संस्कृतिको जर्गेना र संरक्षणसँगै नयाँ पुस्तालाई ज्ञान दिनका लागि नयाँ वर्षको पूर्व सन्ध्यानमा दीप प्रज्वलन गरेर नयाँ वर्ष २०७९ लाई स्वागत गरिएको आयोजक हिन्दू स्वयंसेवक संघ दाङले जनाएको छ ।

हिन्दू मन्त्र उच्चरण गरेर पालामा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय विदेशी सस्कृतिका कारण नेपाली सस्कृति हराउँदै गएको भन्दै नेपाली कला,सस्कृतिको संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताएका थिए ।

दीप प्रज्वलन कार्यक्रममा हिन्दू स्वयंसेवक संघका अभियान्ता किशोरचन्द्र गौतम, महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक सुन्दर गौतमलगायतले सम्वोधन गरेका थिए ।

Blog Post Ad Blog Post Ad