Ad Area

स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटवल खेल हुने


दाङ,२ बैशाख । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसको अवसरमा विभिन्न व्यवसायीहरुविच मैत्रीपूर्ण प्रतियोगीता हुने भएका छन् । प्रतियोगीता शनिवारवाट सुरु हुने भएका छन् ।

शनिवार विहान फुटवल प्रतियोगीता हुने फुटवल प्रतियोगीता उपसमितीका संयोजक विकास वलीले जानकारी दिए । खेल विहान साढे ५ बजे वजे भरतपुर खेल मैदानमा हुने भएको छ । पहिलो खेल दाङ जिल्ला फोटोग्राफ एशोसियसन र मोवाइल व्यवसायीविच हुने भएको फुटवल प्रतियोगीता उपसमितीका सदस्य माधव खनालले जानकारी दिएका छन् । त्यसैगरेर दोस्रो खेल शनिवार साँझ साढे ४ वजे रेडिमेट फेन्सी व्यवसायी र गल्ला किराना व्यवसायीविच हुने छ ।

प्रतियोगीतामा ६ वटा समुहको सहभागिता रहेको छ । यसैगरेर शनिवार विहान दौड प्रतियोगीता हुने दौड प्रतियोगीता आयोजना उपसमितीका संयोजक विनोदप्रसाद पाण्डेले जानकारी दिए । व्यवसायीहरुलाई खेलको माध्यमबाट मनोरञ्जन, भेटघाट गराउने तथा आपसमा चिन जान गराउने उदेश्यले मैत्रीपूर्ण प्रतियोगीता आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीे जानकारी दिएका छन् ।

कार्यक्रममा सहभागि हुनका लागि सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरिएको छ । संघको स्थापना दिवसको अवसरमा फुटवल प्रतियोगीता, दौड, कुसी दौड तथा हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको प्रतियोगीता समितीका संयोजक रामप्रसाद पोख्रेलले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad