Ad Area

स्वर्ण जित्ने खेलाडी ममतालाई सम्मान


दाङ,३ बैशाख । अल्फा तेक्वान्दो डोजाङले एक कार्यक्रमको आयोजना गरि १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडी ममता रिजाललाई सम्मान गरेको छ ।

नेपाल तेक्वान्दो संघको आयोजनामा गएको चैत्र १८ र १९ गते भएको प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङ हुँदै दाङ जिल्ला र लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै महिला जुनियर ६३ केजी तौल समूहको प्रतिष्प्रर्धामा प्रथम स्थान हासिल गर्न सफल खेलाडी रिजाललाई सम्मान गरेको हो ।

खेलाडी रिजाललाई अल्फा तेक्वान्दो डोजाङ बिकास समितिका अध्यक्ष पदक केसी, डोजाङका प्रमुख प्रशिक्षक दिपक केसीले खादा,माला तथा सम्मानपत्रले सम्मान गरेको अल्फा तेक्वान्दो डोजाङकी सहयक प्रशिक्षक सुनिता बिष्टले जानकारी दिएकी छिन् ।

प्रतियोगितामा स्वर्ण पदक जितेसँगै रिजाल निकट भबिष्यमा हुने १४ औं साग गेम र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टिममा पर्न सफल भएकी छिन् । उनले अव नेपाल तेक्वान्दो संघको राष्ट्रिय टिममा बसेर खेल सम्वन्धी प्रशिक्षण लिने भएकी छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad