Ad Area

ए बी सी एकेडेमीमा दिक्षान्त समारोह


दाङ, ३ चैत । एबीसी एकेडेमी मन्टेश्वरीले दिक्षान्त समारोह सम्पन्न गरेको छ । विद्यालयले शनिवार एक कार्यक्रमको आयोजना गरि प्रि– टु का बालबालिकालाई दिक्षान्त गरिएको हो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको अध्यक्षता तथा नेपाली काँगेसका राष्ट्रिय सभाका प्रमुख सचेतक अनिता देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथी देवकोटाले देशको शिक्षा क्षेत्रमा निजि क्षेत्रका विद्यालयको भुमिका महत्वपुर्ण रहेको बताइन् । राष्ट्रका लागि योग्य, सक्षम र शिक्षित नागरिक उत्पादनमा निजी विद्यालयहरुले खेलेको भुमिकाले गर्दा नै अहिले नेपालको शिक्षा क्षेत्रमा धेरै सुधार हुँदै गएको उनको भनाइ रहेको थियो । ‘शिक्षा स्वास्थ्य राज्यको जिम्मेवारी हो तर पनि राज्यले भुुमिका निर्वाह गर्न नक्दा निजी क्षेत्रले पनि सहयोग गदै आएका छन्’ उनले भनिन् ।
मानव विकासको महत्पुर्ण सुचकको रुपमा रहेको शिक्षा क्षेत्रको विकासमा सबै मिलेर अगाडि वढनु पर्ने देवकोटाको भनाइ रहेको थियो । अभिभावकहरुले वालवालिकाहरुलाइ विद्यालय पठाएर मात्र नहुने भन्दै आफनो जिम्मेवारी वहन गर्न सक्नु पर्ने उनले बताइन् । कार्यक्रममा घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत नारायणप्रसाद पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विद्यालय, शिक्षक र अभिभावक बिचको सम्बन्ध सुमधर बनाउँदै अगाडि वढनु पर्ने बताए । बालबालिकाको शैक्षिक विकासमा ध्यान दिन समेत उनले आग्रह गरे ।
दिक्षान्त समारोहमा बालबालिकाहरुले आ आफ्नो सिर्जनात्मक प्रस्तुति राखेका थिए । एकेडेमीका शिक्षक मिना वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागीहरुलाई विद्यालय व्यवस्थापन समिति सदस्य मिनराज घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । भने कार्यक्रमको सहजिकरण सहजीकरण शिक्षक ममता वलीले गरेकी थिइन् ।
Blog Post Ad Blog Post Ad