Ad Area

प्रेस चौतारीको पालिकास्तरीय कमिटी गठन


दाङ ४ बैशाख । जिल्लाका ४ पालिकामा प्रेस चौतारीको पालिकास्तरीय कमिटी गठन गरिएको छ ।

‘एक वडा एक चौतारी सदस्य’ अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र दगीशरण गाउँपालिकामा चौतारीको कमिटी गठन गरिएको हो । ती पालिकामा सञ्चारसीपसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

तुलसीपुरमा बसन्त परियारको अध्यक्षतामा कमिटी चयन गरेको हो । यसैगरेर लमही नगरपालिकामा प्रकाश खनालको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको छ । राजपुरमा लेखबहादुर यादवको अध्यक्षतामा, गढवामा प्रेम खत्रीको अध्यक्षता र दंगीशरणमा दीसप्तशिखा चौधरीको अध्यक्षतामा चौतारीको पालिका कमिटी गठन गरिएको हो ।

Blog Post Ad Blog Post Ad