Ad Area

समृद्धिका लागि युवा नेतृत्व : मुख्य सचेतक देवकोटा


नेपाल जेसीज क्षेत्र घ को एरिया भेला

दाङ, ४ बैशाख । नेपाली कांग्रेसकी नेता तथा राष्ट्रिय सभाका मुख्य सचेतक अनिता देवकोटाले देशको विकास र समृद्धिका लागि नेतृत्वमा युवा आउन आवश्यक रहेको बताएकी छन् । नेपाल जेसीजको आयोजना तथा दाङ महिला जेसीजको आतिथ्यतामा नेपाल जेसीज क्षेत्र घ अन्तर्गतका जेसीज अध्यक्षहरूको घोराहीमा भएको भेलालाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य देवकोटाले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि राज्यका हरेक तहमा युवाहरूको सहभागिता बढ्नु पर्ने बताइन् ।

उनले युवाहरूलाई राजनीतिक नेतृत्वलाई गाली मात्र होइन सामाजिक परिवर्तनका लागि नेतृत्वदायी तहमा आउन समेत आग्रह गरिन् । कार्यक्रमकी प्रमुख अतिथि रहेकी देवकोटाले त्यसका लागि युवाहरूले आउने स्थानीय तहको निर्वाचनमा युवाहरूले उम्मेद्वारी दिनुपर्ने बताइन् । ‘देशको विकास समृद्धिका लागि नेतालाई गाली गर्ने मात्र होइन । नेतृत्वमा युवाहरू पुग्न आवश्यक छ ।

त्यसको एउटा बाटो भनेको स्थानीय तहको निर्वाचन हो’, मुख्य सचेतक देवकोटाले भनिन्, ‘देशको विकास र समृद्धिका लागि स्थानीय तह निर्वाचनका माध्यमबाट युवाहरू नेतृत्वमा पुग्नु पर्छ, तब मात्र विकास सम्भव छ ।’ उनले निर्वाचनका माध्यमबाट वडादेखि गाउँपालिका उपाध्यक्ष, अध्यक्ष, नगरका प्रमुख तथा प्रमुख तहहरूमा युवाहरूको सहभागिता बढ्नु पर्ने बताइन ।

उनले संविधान सभामार्फत् देशको संविधान निर्माणको कार्यमा जेसीजले उत्पादन गरेका व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको भन्दै अब निर्वाचनका माध्यमबाट देशको आर्थिक, सामाजिक, सांस्कृतिकसँगै राजनीतिक परिवर्तनका लागि पहलकदमी आवश्यक रहेको बताइन् । जेसीजमा लाग्ने युवाहरू अनुशासितसँगै समयको पालना गर्ने भएकाले आपूm मात्र परिवर्तन नभएर सामाजिक परिवर्तनका लागि पहल गर्न आवश्यक रहेको बताइन् ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुदीप अग्रहरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले जेसीजले युवाहरूको नेतृत्व र क्षमता विकाससँगै सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्दै आएको भन्दै अब देशको विकास र समृद्धिका लागि समेत युवाहरूलाई नेतृत्व तहमा पु¥याउने काम गर्नुपर्ने बताएका थिए । उनीहरूले त्यसका लागि हरेक युवाहरूले अनुशासित व्यवहार र समयको पालनामा ध्यान दिनु पर्र्ने बताएका थिए ।

Blog Post Ad

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष अनिलबहादुर शाहीले जेसीज युवाहरूको संस्था भएको भन्दै जेसीजले युवाहरूको क्षमता र नेतृत्व विकाससँगै विभिन्न समयमा सामाजिक कार्यहरू गर्दै आएको बताएका थिए ।

कार्यक्रममा नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष रामप्रसाद पाण्डेय, नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष मित्रलाल भट्टराई, त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष विवेक आर्चाय, दाङ महिला जेसीजका पूर्व अध्यक्ष माया पोख्रेल, त्रिभुवननगर जेसीका पूर्व अध्यक्ष कृष्णप्रसाद गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष आरके शीतल, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज आस्था पाठ दाङ महिला जेसीजकी अर्चना शर्माले गराएकी थिइन् । कार्यक्रममा उपाध्यक्ष नोमिका चौधरीले मिसन भिजनबारे जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण दाङ महिला जेसीजकी महासचिव नारायणी भण्डारीले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad