Ad Area

मनिषा गिरीको गजल संग्रह बसन्त ॠतुको लोकार्पण


दाङ, ४ बैशाख । गजलकार मनिषा गिरी ॠतुको गजल संग्रह बसन्त ॠतुको लोकार्पण भएको भएको छ । उदाहरण समुह नेपालको आयोजनामा शनिबार घोराहीमा भएको कार्यक्रममा गजल संग्रहको लोकार्पण गरिएको हो ।

उदाहरण समुहका अभियान्ता घनश्याम अस्तित्वको अध्यक्षता तथा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष टिकाराम उदासीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गिरीको पहिलो गजल संग्रहको बिमोचन गरिएको थियो । कार्यक्रममा बोल्दै गजल संग्रहकी लेखिका मनिषा गिरीले आफुले विभिन्न समयमा रचना गरेका सिर्जनाहरुलाई गजल संग्रहका रुपमा ल्याएको भन्दै पढेर सुझाव दिन आग्रह गरेकी थिइन । साथै उनले संग्रहमा समसामयिक नेपाली समाजको चित्रणसँगै मिलन,बिछोड, गरिवीलगायतका विषयलाई समेटेर सिर्जनाहरु गरिएका गजलहरु संग्रहमा रहेको बताएकी थिइन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष टिकाराम उदासीले नयाँ सिर्जनाले जिल्लाको साहित्यकामा योगदान गर्नका साथै ॠतुमा गजल लेख्ने उत्साह र रहर धेरै भएको बताए । उनले सर्जकले रचना निरन्तर लेखे सफल हुन सजिलो हुने बताए ।

केन्द्रीय अध्यक्ष उदाशीले सर्जकका गजलले आजको समाज, जीवन, परिवेश बोल्ने सन्देश दिएको बताए । कार्यक्रममा राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दिपक शर्मा समिरले ॠतुका गजल संग्रहमा जीवनमा घटेका घटना, माया प्रेम, देश प्रेम र मन छुने शब्दहरुले किताबलाई अत्यन्तै मार्मिक बनाएको बताएका थिए । साहित्यकार नागेन्द्र गुरुले संघर्ष गर्दै एक नारीले गजलको किताब निकाल्नु सुखद् भएको बताएका थिए ।

उदाहरण समुहका अभियान्ता तीर्थराज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संगीत मगरले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad