Ad Area

वडा अध्यक्षका लागि सर्वसहमत सिफारिस


दाङ,४ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १२ मा वडा अध्यक्षका लागि पुष्पा विश्वकर्मा ‘गिरु’ सर्वसहमत सिफारिसत भएका छन् ।

नेकपा एकीकृत समाजवादीले अहिले वडा सदस्यका रुपमा कार्यरत विश्वकर्मालाई बैशाख ३० गते हुने निर्वाचनका लागि वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जनताले युवा नेतृत्व गरेको र युवालाई नेतृत्वमा ल्याउँदा काम गर्न समेत सहजता हुने भन्दै पार्टीले विश्वकर्मालाई वडा अध्यक्षका लागि अघि सारेको हो ।

विश्वकर्मा एकीकृत समाजावादीका जिल्ला सचिवालय सदस्य, घोराहीनगर कमिटी सचिव तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्षका रुपमा राजनीतिमा क्रियाशिल छन् ।

Blog Post Ad Blog Post Ad