Ad Area

घोराहीमा नमस्ते र बबई दिगो सहकारी सस्थाविच एकीकरण


दाङ,४ बैशाख । नमस्ते बचत तथा ऋण सहकारी सस्था र बबई दिगो बचत तथा ऋण सहकारी सस्थाविच एकीकरण भएको छ ।

समान उद्देश्यका सहकारी सस्थाविच एकता गर्ने र दोहोरो सदस्यता अन्त्य गर्ने नीति अनुसार घोराही उपमहानगरपालिका–१५ मा रहेको नमस्ते बचत तथा ऋण सहकारी सस्था र घोराही उपमहानगरपालिका–१० मा रहेको बबई दिगो बचत तथा ऋण सहकारीसस्थाविच एकीकरण भएको हो । सहकारी सस्था एकीकरणपछि मुख्य कार्यालय घोराही–१५ मा रहने र सेवा केन्द्र घोराही–१० नारायणपुरमा रहने भएको छ ।

एकीकरणपछि सस्थाको नाम नमस्ते बबई दिगो बचत तथा ऋण सहकारी सस्था लिमिटेड बनेको हो । दुई सस्था एकिकरण भएपछि कुल पूँजी ८ करोड ५० लाख बढी पुगेको छ । सस्थामा १ हजार तीन सय ३२ जना शेयर सदस्य रहेका छन् ।

नमस्ते बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष अञ्जन पौडेलको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हुमा डिसीको प्रमुख आतिथ्यतामा सहकारी सस्था एकीकरण भएको घोषणा गरिएको थियो । उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीमार्फत देशको आर्थिक समृद्धिका लागि समान उद्देश्यका सहभागी सस्थाविच एकीकरण हुन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक घोराहीका प्रवन्धक डिल्लीराज भुसाल, घोराही उपमहानगरपालिका सहकारी शाखा अधिकृत होमलाल भुसाल,पताञ्जली योग शिविरका प्रशिक्षक दानबहादुर बुढाथोकीलगायतले शुभमना मन्तव्य व्यक्त गरेका थिए ।

सस्थाको अध्यक्षमा पौडेल

Blog Post Ad

यसैविच सस्थाको अध्यक्षमा अर्जनकुमार पौडल निर्वाचित भएका छन् । दुई सस्था एक भएपछि भएको निर्वाचनबाट पौडेल अध्यक्षमा निर्वाचित भएका हुन । सहकारी सस्थाको उपाध्यक्षमा कमलबहादुर बस्नेत र विक्रम कुँवर, सचिवमा इन्द्रबहादुर बुढाथोकी र कोषाध्यक्षमा रोबरबहादुर केसी रहेका छन् । त्यसैगरी सदस्यमा गोमा अधिकारी, कमल शर्मा,मदन आचार्य, बिनोदकुमार केसी, जमुना रावत र संगीता डिसी रहेका छन् ।

त्यसैगरी सहकारी सस्थाको लेखा सुपरिबेक्षण समितिको संयोजकमा सुनिलकुमार रेग्मी निर्वाचित भएका छन । जसको सदस्यमा शंकर शर्मा र दिनेश आचार्य रहेका छन् । इन्द्रबहादुर बुढाथोकीको संयोजकत्वमा ऋण उपसमिति गठन गरिएको छ । समितिको सदस्यमा सुरेश केसी र चित्रबहादुर वली रहेका छन् । सहकारी सस्थाको मुख्य व्यवस्थापकमा सुनिता थापा रहेकी छिन । सहकारी सस्था एकीकरण कार्यक्रमको सहजीकरण सस्थाकी व्यवस्थापक सुनिता थापाले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad