Ad Area

घोराहीमा जारी महायज्ञमा २८ लाख दान संकलन


घोराही, ७ बैशाख । दाङको घोराहीमा जारी महायज्ञमा दैनिक भक्तजनको घुइँचो बढ्नुका साथै गच्छे अनुसार दान गर्ने क्रम पनि बढ्दै गएको छ । महायज्ञमा बिहानैदेखि राति अबेरसम्म भक्तजनहरुले निकै चासोका साथ सहभागीता जनाउँदै मन प्रसन्न पारेर दिल खुलाएर दान गर्ने गरेकाले मंगलबार अहिलेसम्मकै धेरै नगद दान संकलन भएको छ ।

महायज्ञ मूल आयोजक समिति मूल आयोजक समिति अध्यक्ष रमेश कुमार आचार्यका अनुसार मंगलबार मात्रै ११ लाख ७५ हजार ४ सय ६ रुपैयाँ नगद दान संकलन भएको छ । जसमा घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया निवासी धनबहादुर केसीले व्यक्तिगत रुपमा हालसम्मकै सबैभन्दा धेरै नगद दान गरेका छन् । महायज्ञ मूल आयोजक समितिका अनुसार केसीले २ लाख ३७ हजार ५ सय २५ रुपैयाँ रोकाले एक्लै दान गरे।

आध्यात्मिक र धार्मिक संस्कारको विकासका लागि महायज्ञका माध्यमबाट संकलित दानबाट संस्कार गृह निमार्णसंगै संस्कृति संरक्षण र सम्वर्द्धन गर्ने अभियान स्वरुप जारी महायज्ञमा दैनिक धार्मिक अनुष्ठान हुनुका साथै अन्य धार्मिक काम हुँदै आएकाले भक्तजनले आफ्नो सहभागीता बढाउँदै लगेका हुन् ।

स्थानीय टोल विकास संस्था, परिवार, व्यक्ति, भक्तजनहरुले स्वस्फूर्त रुपमा सहभागीता जनाउँदै भजन, कथा श्रवण गर्ने र गच्छे अनुसार दान गर्ने क्रम जारी रहेकाले महायज्ञले अघि सारेको योजना सफल हुँदै गएको महायज्ञ संचालक समिति संयोजक हरिप्रसाद पाण्डेयले बताए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्कमा संस्कार गृह निमार्णसंगै संस्कृति संरक्षण र सम्बद्र्धन गर्ने लक्ष्यका साथ बैशाख १ गतेबाट जारी महायज्ञमा दैनिक भक्तजनको उपस्थिती बढ्नुका साथै स्वेच्छिक नगद दान गर्नेहरुको संख्या पनि बढ्दै गएकाले आफुहरु निकै उत्साहित भएको बताए ।

महायज्ञको छैठौँं दिनसम्म आई पुग्दा हालसम्म महायज्ञमा कुल २७ लाख ६४ हजार ८ सय ७० रुपैयाँ नगद दान संकलन भएको महायज्ञ मुल आयोजक प्रचारप्रसार उपसमिति संयोजक कमल ओलीले जानकारी दिए । नगद दान, तुला दान गर्नेहरु बढ्दै गएको मूल आयोजकको भनाई छ ।
महायज्ञमा कथा श्रवण गर्न आएका भक्तजनहरुले आफ्ना पितृको सम्झनामा तथा गच्छे अनुसार स्वेच्छिक नगद दान गर्नेहरु धेरै बढ्दै गएका छन् । आफुले राम्रो काम गरेर आर्जन गरेको धन सम्पत्तिबाट धार्मिक तथा सामाजिक कामका लागि केही रकम वा धन दान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वासका साथ बिहानैदेखि भक्तजनहरु धार्मिक अनुष्ठानमा लिन हुने गरेका छन् ।

Blog Post Ad

प्रसिद्ध कथा वाचक कोमल उपाध्यायको रोचक कथावाचन सुन्न तथा सामाजिक कार्यमा आफुलाई समाहित गर्न भक्तजनहरु गर्मी मौसमको पर्वाह समेत नगरी दिनभर उपस्थित हुने गरेका छन् । दैनिक रुपमा बिहान योगाअभ्याससँगै शुभारम्भ हुने महायज्ञमा दिउँसो श्रीमद भागवत कथा वाचनलगायतका प्रस्तुति र साँझ पनि भजन किर्तन हुने गरेकाले भक्तजनहरु थप आकर्षित हुदै गएका छन् ।

महायज्ञमा दैनिक रुपमा कथावाचनसँगै धार्मिक अनुष्ठान स्वरुप व्रतबन्ध, तुलादान, ब्राह्मण भोजन, लक्ष्यवर्तिका, अन्नदान, कलशदानका कार्यक्रम हुने गरेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

Blog Post Ad Blog Post Ad