Ad Area

शुक्रवारबाट ड्युटीमा खटिदै म्यादी प्रहरी


घोराही, ७ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना भएका देशभरका १ लाख म्यादी प्रहरी वैशाख ९ गतेदेखि ड्युटीमा खटिने भएका छन् । अहिले देशभरका सबै जिल्लामा सञ्चालन भएको ज्ञान र सीप प्रदान गर्ने तालिममा उनीहरू सहभागी भइरहेका छन् ।

तालिम गत चैत २८ गतेदेखि यही वैशाख ८ गतेसम्मका लागि सञ्चालन भइरहेको छ । तालिम पश्चात म्यादी प्रहरीलाई निर्वाचनसम्बन्धी कार्यमा परिचालन गरिने भएको छ ।

४० दिनका लागि नियुक्ति भएका म्यादी प्रहरीले पारिश्रमिकका रूपमा ४४ हजार रकम प्राप्त गर्नेछन् । उनीहरूलाई सामान्य खालको शारीरिक तालिम दिइएको बताईएको छ ।

Blog Post Ad Blog Post Ad