Ad Area

ट्याक्टर पल्टिदा एक जनाको मृत्यु


घोराही, ७ बैशाख ।  दाङमा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १४ कपासेस्थित घोराही तुलसीपुर सडकखण्डमा रा १ त ३३७० नं.को ट्याक्टर बिग्रिदा उक्त ट्याक्टरलाई रा १ त ४६११ नं.को ट्याक्टरले तानेर ल्याउने क्रममा पछाडीबाट ठक्कर दिएर पल्टिदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

बुधबार बिहान साढे १० बजे घोराही १० उत्तरअम्रई निवासी अन्दाजी २०÷२२ वर्षिय सुदन चौधरीको ट्याक्टरले च्यापिएर मृत्यु भएको हो । ट्याक्टर बनाउन आएका मिस्त्री समेत रहेका चौधरीले चलाएको ट्याक्टर पल्टिदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले रा १ त ४६११ नं.को ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बताएको छ ।

Blog Post Ad Blog Post Ad