Ad Area

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


 

घोराही, ८ बैशाख । घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बैशाख ३० गते हुन थालेको स्थानियतहको निर्वाचन २०७९ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यक्रममा दाङ जिल्ला अदालतका प्रमुख न्यायधिस, तथा प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि आव्हान गरे ।

निर्वाचन आचारसंहिता उलंघन रहित जिल्लाका रुपमा उदाहरणिय बन्न आग्रह गरे । त्यसका लागि सुरक्षा निकाय, राजनितिक दल, नागरिक सचेत रहन आवश्यक भएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि प्राथमिकता दिने बताए । पहिलेका निर्वाचनहरु निश्पक्ष रुपमा सम्पन्न भएको भन्दै हाल हुँदै गरेको निर्वाचनलाई पनि प्रंशंसनीय बनाउन पर्ने बताए । कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबि मसालले निर्वाचन खर्चलाई व्यवस्थित गर्न आवश्यक भएको बताए ।

कार्यक्रममा पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए । विगतका निर्वाचनहरुमा बदर मत प्रतिशत बढेको देखिएकाले मतदान कसरी गर्ने भन्ने विषयमा दुर्गम क्षेत्रमा प्रभावकारी रुपमा कार्यक्रम चलाउनुपर्ने उनको भनाई थियो ।

 

Blog Post Ad Blog Post Ad

Blog Post Ad