Ad Area

दाङमा फूल खेतीको लागि राम्रो सभावना छ : बुढा मगर


अधिकांश महिलाहरू अझै पनि घरभित्रै सीमित हुने गरेका छन् । विशेष गरेर चुलोचौकाको काममा व्यस्त हुनु पर्ने उनीहरूको बाध्यता छ । बाहिर आएका पनि व्यवसायमा कमै मात्रामा लाग्ने गरेको छन् । व्यवसायमा धेरै समस्या भोग्नुपर्ने भएकाले पनि कमै मात्रामा यस क्षेत्रमा महिलाहरू आउने गरेका हुन् । व्यवसाय गर्ने महिलाहरूलाई अझै यो समाजमा विश्वास गर्ने वातावरण सिर्जना भएको छैन ।

घरबाहिर निस्केर केही गरौँ भन्दा विभिन्न टीका–टिप्पणी समेत सुन्नु पर्ने स्वयम् महिलाहरूको गुनासो हुने गरेको छ । तर पछिल्नो समयमा त्यो परिवर्तन हुँदै गएको छ । आफनो इच्छाशतिm हुने हो भने विभिन्न समस्या भोग्दै महिलाहरू आफैले केही गर्नु पर्छ भनेर अगाडि बढिरहेका छन् । इन्द्रा बुढा मगरले विगत ५ वर्षदेखि घोराही उपमहानगरपालिका वडा नं.१३ डुमरगाउँमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएकी छन् । उनले उत्पादन गरेका फूल तथा मालाहरू जिल्लाका विभिन्न स्थानसम्म पु¥याउने गरेकी छन् । आफैले केही गर्नु पर्दछ भनेर व्यवसाय सुरु गरेकी इन्द्रा बुढा मगरसँग जिल्लामा फूल खेतीको सम्भावना, चुनौती तथा अवसरका बारेमा पत्रकार अमरराज आचार्यले गरेको कुराकानीको सार संक्षेपमा ।

 जिल्लामा अरु व्यवसाय सञ्चालन नगरेर किन फूल खेती व्यवसायमा प्रवेश गुर्नभयो ?

 हो, तपाईँले भनेजस्तै जिल्लामा अरु व्यापार व्यसाय सञ्चालन गर्न सकिन्छ तर मेरो सोच भनेको अलि फरक तरिकाको हो । त्यो भएर मैले यो व्यवसाय रोजेको हु । विशेष गरेर जिल्लामा फूल खेतीको राम्रो सम्भावना छ । त्यो सम्भावना नै देखेर फूल खेतीमा हात हालेको हु । अर्कोतिर महिलाहरू घरभित्र मात्र सीमित नभएर केही गर्नु पर्दछ भन्ने मेरो सानैदेखिको सोच पनि हो ।

कामको सिलसिलामा काठमाडौं गएको समयमा फूलको माला राम्रो विक्री भएको देखेको थिएँ । आफन्तीहरू समेत यस कार्यमा संलग्न रहनुभएको थियो । उहाँहरूसँग यसको बारेमा जानकारी लिएर दाङमा पनि व्यावसायिक रूपमा सुरु गर्नु पर्दछ भनेर फूल खेती सुरु गरेको हुँ । सुरुमा ३ जना मिलेर ३ बिगाह जग्गा भाडामा लिएर सुरु गरिएको थियो । पछि छुट्टाछुट्टै ग¥यौँ । तर सहकार्य भने चलि नै रहेको छ । जिल्लामै व्यावसायिक रूपमा फूल खेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको हँु ।

अन्य काम गरिरहेको थिएँ तर पनि यसलाई अगाडि बढाउनु पर्दछ भनेर पनि लागेको हुँ । अहिले ८ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गर्ने गरेको छु । यो व्यवसायबाट राम्रौ आम्दानी भएको छ । फुल खेती हेर्न आउनेले समेत प्रोत्साहन दिने गर्नुभएको छ । त्यसले थप हौसला दिने गरेको छ ।

Blog Post Ad

 व्यवसाय सुरु गर्दा के–कस्ता समस्या भोग्नु प¥यो ?

 हरेक क्षेत्रमा चुनौती त हुन्छन् नि । चुनौती नभएको कुनै ठाउँ नै छैन भन्दा हुन्छ । जुन ठाउँमा चुनौती हुन्छ त्यहीँ सम्भावना र अवसर दुवै हुन्छ । हरेक चुनौतीले अवसर समेत लिएर आएको हुन्छ । त्यो चिन्न सक्नु पर्छ । अब चुनौतीका कुरा गर्दा उत्पादन भएको फूल तथा मालाको माग भएको स्थानसम्म पु¥याउन जानु पर्छ । यसरी जाँदा विभिन्न समस्या समेत भोग्नु पर्छ । महिलाहरू बाहिर निस्केर काम गर्दा समाजमा कुरा काट्न समेत सुरु गर्छन् ।

त्यस प्रकारको समस्या मैले पनि भोगेको हुँ । भन्नेको पछाडि लागेर कुनै काम छैन । आफ्नो कर्म के हो त्यसमा लाग्नु पर्छ । मैले पनि त्यही नै गरेँ । अरुको कुरा नसुनेर आप्mनो कर्ममा लाग्ने गरेको छु । त्यो मान्यताले नै म यहाँसम्म आएको छु । मैले सुरु गरेको कार्यमा परिवारको सहयोग छ । जसले गर्दा यहासम्म आउन सकिएको छ । यसैगरेर अन्य समस्या पनि छन् ।

विशेष गरेर पर्व र कार्यक्रममा मालाहरू जाने गर्छन् । कहिले पु¥याउनै सकिँदैन भने कहिले उत्पादन भएको फूलका माला समेत विक्री हँुदैनन् । राख्नका लागि समेत समस्या हुन्छ । राज्यले समेत फूल व्यवसायीलाई त्यति सम्बोधन गरेको छैन । अरु धेरै समस्या छन तर समस्यासँग भाग्नु हुँदैन भन्ने कुरा यहाँ राख्न चाहन्छु ।

 उत्पादन भएको फूल विक्रीमा के कस्तो समस्या छ ?

 हो, तपाईँले भने जस्तै फूल विक्रीमा समेत समस्या छ । जिल्लामा उत्पादन भएको सबै फूल विक्री हुँदैन । जिल्लामा फूल बढी खपत हुने भनेको तिहार, विवाह, पूजाआजा, ठूला औपचारिक कार्यक्रममा हो । जिल्लामा विक्री नभएपछि बाहिर पठाउनु पर्ने हुन्छ तर बाहिर पठाउँदा हामीले पठाउने मूल्यभन्दा भारतबाट आउने फूल सस्तो हुन्छ । उपभोक्ताले जुन सस्तो हुन्छ त्यही नै खरिद गर्ने गर्छन् । त्यसले गर्दा कहिलेकाहीँ घाटा समेत व्यहोर्नु पर्दछ ।

 फूल व्यवसायीहरूलाई राज्यले के गरिदिन आवश्क छ ?

 फूल व्यवसायीहरूलाई अगाडि बढाउन राज्यले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आवश्यक छ । त्यो अझै हुन सकेको छैन । स्वदेशमा उत्पादन हुने वस्तुहरूसँग प्रतिस्पर्धा गर्न आयात हुने वस्तुहरूमा राज्यले कडाइ गर्नु पर्छ । यसले देशबाट रकम समेत बाहिर जान पाउँदैन् । स्वदेशमा उत्पादन गर्नेहरूले राम्रो बजार तथा मूल्य पाउँछन् । यसले गर्दा देशमा रोजगारीको सिर्जना गर्न समेत सहयोग पुग्दछ ।

राज्यले उद्यमी बन्न चाहनेहरूलाई सहुलियतमा ऋण दिने व्यवस्था गर्नु पर्दछ । त्यो पनि दिन सकेको छैन, राज्यले । ऋण लिन खोज्दा प्रक्रिया धेरै झन्झटिलो छ । सामान्य मान्छेले व्यवसाय गर्नका लागि ऋण समेत लिन सक्दैन । त्यसकारण राज्यका नीति नियमहरू सरल र सहज भएमा उद्यमशीलतामा जोडिन खोज्नेहरूको थप आकर्षण हुन्छ । आफूसँग रकम नभएका तर केही गराँै भन्नेहरूलाई उद्यमशीलतामा जोडिन सहयोग पुग्दछ । तर राज्यलेको निकायबाट त्यो हुन सकेको छैन ।

 जिल्लामा फूल खेतीको सभावना कस्तो छ ?

 जिल्लामा फूल खेतिको सभावना राम्रो नै छ । यहाँको हावापानी, माटो फूल खेतीको लागि उपयुक्त छ । जिल्लाका धेरै ठाउँहरूमा पछिल्लो चरणमा फुल खेती भइराखेको पनि छ ।

 अन्त्यमा केही भन्नु छ ?

 फेरि पनि धन्यवाद । मेरो व्यवसायको बारेमा विचार राख्ने अवसर दिएकोमा । सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने व्यवसायको रूपमा फूल खेती छ । जिल्लाको वातावरण समेत फूल खेतीका लागि उपयुक्त रहेको छ । यसको सदुपयोग गर्न सकेमा राम्रो आम्दानी गर्न सकिन्छ । हरेक व्यक्ति आफू आत्मनिर्भर हुन आवश्यक छ । आफू आत्मनिर्भर भएमा अरुसँग हात थाप्नु पर्दैन ।

आर्थिक रूपमा बलियो भयो भने मात्र हरेक क्षेत्रमा अगाडि बढ्न सकिन्छ । परिवारमा एउटाको मात्र भर पर्नु हुँदैन । त्यसतर्फ सबैले सोच्नु पर्दछ । राज्यले स्थानीय उत्पादनलाई प्रोत्साहन गरेमा धेरै सहयोग पुग्ने छ । यसतर्फ राज्यले ध्यान दिनु पर्छ । बाहिरबाट आउने फूल रोक्नका लागि स्वदेशमा उत्पादन भएकालाई प्राथमिकता दिनु पर्छ । स्थानीय सरकारदेखि संघीय सरकारले यसमा सहयोग गर्नु पर्छ ।

महिलाहरू पनि घरभित्र सीमित नभइ केही गर्नु पर्छ भनेर अगाडि बढ्नु पर्दछ । काम गर्दा केही समस्या आउन सक्छ तर आफूले गल्ती नगरेर आप्mनो कार्यमा लगनशील भएर लागेमा सफलता मिल्छ, त्यो भन्न चाहन्छु । मैले गरेको व्यवसाय क्षेत्रमा आउन चाहनेहरूलाई मेरो तर्फबाट सहयोग समेत रहन्छ । रोजगार खोजेर हिड्नु भन्दा आफूले रोजगार सिर्जना गर्नतर्फ लाग्नु पर्दछ । यसले देशको विकासमा समेत सहयोग पुग्छ । यही नै भन्न चाहन्छु ।

 

Blog Post Ad Blog Post Ad