Ad Area

स्थापना दिवशको अवसरमा फोहोर उठाउदैँ…….


घोराही, ८ बैशाख । विहिवार विहान घोराहीमा रहेको भरतपुर खेलकुद मैदानमा अरु दिनको फरक दृश्य देखिएको थियो करिव ६ बजेको थियो व्यवसायीक नेतृत्व गर्ने कसैले खाली बोरा समाएका थिए । कसैले हातमा फालेका पानीका वोतलहरु, शुद्ध प्लसका खोस्टा, जुसका बट्टा, फुटेका सिसा उठाइ रहेका थिए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो स्थापना दिवस तथा साधारण सभाको अवसर पारेर आयोजना गरेको घोराहीको भरतपुर खेलकुद मैदानमा उनीहरु यसरी सहभागि भएका थिए । सधै आफनो पसल तथा आफना वरिपरि सरसफाइ गर्ने व्यवसायीका नेतृत्वहरु विहान भरी भरतपुर खेल मैदान सरसफाइ गर्ने मै व्यवस्त थिए । मैदानमा सरसफाइ नहुदा फोहोरका थुप्रोहरु रहेका थिए ।

 

स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक क्रियाकलापकहरु सञ्चालन गदै आएको संघले खेलकुद मैदान गरेको हो । सबैले लेखकुद प्रतियोगीता आयोजना गर्न मैदानमा फोहोर भएको कारण आफुहरुले सरसफाइ गरेको सरसफाइ समितीका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीले जानकारी दिए । ‘व्यवसायीहरु व्यवसाय मात्र नभइ रचनात्मक काममा पनि नेतृत्व लिएर अगाडि बढने गरेका छन् ’ उनले भने । व्यवसायीहरु व्यवसायमा मात्र नभइ सामाजिक कार्यमा पनि सहभागि हुने गरेको कार्कीले बताए ।

विभिन्न प्रतियोगीता आयोजना गर्ने ठाउ भए पनि धेरैको ध्यान पुग्न नसकेको कारण आफुहरुले सरसफाइ गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले बताए । प्रतियोगीता सञ्चालन गर्ने स्थान सबै मिलेर सफा राख्नु पर्ने उनले बताए । ‘हामीले गरेको फोहोर हामीले नै सफा गर्ने हो यस तर्फ सबैको ध्यान दिनु पर्दछ’ अध्यक्ष वुढाथोकीले भने । उद्योग वाणिज्य संघ विगत देखि नै सरसफाइ अभियानमा लागि परेको उनले बताए ।

Blog Post Ad

सरसफाइमा संघका अध्यक्ष टंकसिंह वुढाथोकी, संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, संघका सचिव नरेशकुमार श्रेष्ठ, सदस्यहरु माधव खानाल, लिलाराम खड्का, देवकला वस्नेत, विकास वली, विनोदप्रसाद पाण्डे तथा संघका कर्मचारीहरुको सहभागिता रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिए ।

संघले आफनो स्थापना दिवस तथा साधारण सभा यही बैशाख १० गते मनाउदै छ । यस अवसरमा संघले व्यवसायीहरु विच मैत्रीपुर्ण प्रतियोगीताहरु समेत आयोजना गरेको थियो । व्यवसायीहरु विच फुटवल, दौड, कुसी दौड, हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरि सकेको छ ।

Blog Post Ad Blog Post Ad