Ad Area

भ्रष्टाचारको अन्त्य नहुँदासम्म देश बन्दैन : प्रवक्ता शाही


दाङ,९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको अन्त्य नहुँदासम्म देशको विकास नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले घोराहीमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै शाहीले देशबाट भ्रष्टाचार अन्त्य नहुँदासम्म कहिल्यै विकास हुन नसक्ने बताए ।

‘देशमा धेरै राजनीतिक परिवर्तन भए । तर विकास भएन’,प्रवक्ता शाहीले भने,‘जसको मुख्य कारण भनेको भ्रष्टाचारको अन्त्य नहुने हो ।’ उनले कांग्रेस,एमाले र माओवादीलगायतका अन्य राजनीतिक दलले व्यवस्था परिर्वतनका लागि आन्दोलन गरेपनि भ्रष्टाचार अन्त्यका लागि काम नगरेको बताए । ‘कांग्रेस,एमाले र माओवादीले देशको परिवर्तनका लागि लडे तर आफुलैले भ्रष्टाचारमा संरक्षण गर्दा जनताले विकासको अनुभुति गर्न पाएनन्’,उनले भने,‘त्यसैले राप्रपाले भ्रष्टाचार अन्त्यको अभियान थालेको छ । जसले मुलुकको विकास गर्ने छ ।’

उनले जनताले देशको परिवर्तनको महसुश गर्ने गरि राप्रपाले काम गर्ने भन्दै आगामी निर्वाचनमा जनतालाई भोट दिनआग्रह गरे । देशको पहिचान र परिचय हिन्दु राष्ट्र भएको भन्दै उनले विदेशीको पछि लागेर देशको पहिचान मेट्न नहुने भन्दै आफ्नो पाटीले जिते राजासहितको हिन्दु राष्ट्र स्थापना गर्ने समेत बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले देशमा कांग्रेस, एमाले र माओवादीले पटक पटक देशको शासनसस्था हात लिएपनि केही गर्न नसकेको भन्दै विकास र समृद्धिका लागि राप्रपालाई विश्वास गर्न जनतासँग आग्रह गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षता भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य बिनोद खड्का, मिना स्वर्णकार, प्रदेश उपाध्यक्ष भुपाल रावत, राप्रपाका नेता भोलानाथ योगी, सरिता देवकोटा, विवेकशिल साझा पार्टीका शिवराज चौधरीलगायतले बोलेका थिए ।

उपाध्यक्ष नरबहादुर बुढाथोकीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव त्रिभुवन थापा र राप्रपाका सहसचिव उमाकान्त भण्डारीले गरेका थिए ।

राप्रपावाट घोराहीको मेयरमा देवकोटा

Blog Post Ad

यसैविच राष्ट्रिय प्रजातन्त्र पार्टीका घोराही उपमहानगरपालिकको मेयरमा सरिता देवकोटा उठ्ने भएकी छिन् ।

कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले घोराही उपमहानगरपालिकाको मेयरमा देवकोटालाई उम्मेदवार बनाउने घोषणा गरेका थिए ।

शिक्षा क्षेत्रमा संलग्न देवकोटा लामोसमयदेखि नेपाली कांग्रेसमा आवद्ध थिइन । देवकोटासहित विभिन्न पार्टी पारित्याग गरेर दर्जनौ व्यक्तिहरु राप्रपामा प्रवेश गरेका थिए ।

Blog Post Ad Blog Post Ad