Ad Area

नारायणपुरमा फुटवल प्रशिक्षण सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुने


दाङ,९ बैशाख । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा फुटवल प्रशिक्षण सहयोगार्थ सांस्कृकि कार्यक्रम तथा गजल संग्रहको बिमोचन हुने भएको छ । न्यू स्टार फुटवल एकेडेमी नारायणपुरको आयोजनामा बैशाख १० गते शनिवार नारायणपुरस्थीत उद्योग बाणिज्य संघको सभाहलमा सांस्कृतिक कार्यक्रम हुन थालेको हो ।

सांस्कृतिक कार्यक्रममा आयोजक न्यू स्टार फुटवल एकेडेमीका सस्थापक अध्यक्ष चर्चित गजलकार बसन्त वली ‘बसन्ती’ को गजल संग्रह ‘बोई’ को बिमोचन हुन थालेको आयोजक न्यू स्टार फुटवल एकेडेमीका अध्यक्ष खुमबहादुर वलीले जानकारी दिएका छन् ।

नारायणपुर क्षेत्रमा फुटवलको विकास र नयाँ पुस्तालाई नियमित प्रशिक्षणको बातावरण बनाउनका लागि आवश्यक सामग्री जुटाउनका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक न्यू स्टार फुटवल एकेडेमीका अध्यक्ष वलीले बताए । उनका अनुसार साँस्कृतिक कार्यक्रममा सहयोगबाट बचेको रकम र गजल संग्रह विक्रिबाट उठेको रकमलाई खेल सामग्री खरिदमा लगाइने भएको छ ।

सांस्कृतिक कार्यक्रमको विशेष सहयोगीमा समाजसेवी तथा खेलप्रेमी अनिल वस्नेत रहेका छन् भने मुख्य प्रायोजकमा युवा व्यवसायी एवं बुद्धिजीवी बसन्त श्रेष्ठ र हिन्कलाल चौधरी रहेका छन् त्यसैगरी सहप्रायोजकमा जी–मार्ट नारायणपुर, बिजय मेडिकल स्टोर,फ्रेन्ड् वयर बिजी मार्केट घोराही र सिमरन व्युर्टीपार्लर नारायणपुर रहेका छन् ।

Blog Post Ad Blog Post Ad