Ad Area

तुलसीपुरको मेयरमा गठबन्धनबाट गेहेन्द्र गिरी उम्मेदवार


दाङ,१० बैशाख । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा सत्तापक्ष गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी चुनाव लड्ने भएका छन् ।

गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेस लुम्विनी प्रदेशले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वसांसद समेत रहेका गिरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए ।

गिरी २०५६ सालको आमनिर्वाचनमा दाङ क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए । २०४९ सालदेखि ०५८ सालसम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै दुई कार्यकालसम्म सभापति भएका थिए ।

त्यसैगरी तुलसीपुरको उपमेयर सत्तागठबन्धनबाट नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जोगबहादुर रानालाई उपमेयर बनाउने निर्णय गरेको छ । सत्तागठबन्धनका तर्फबाट तुलसीपुरमा मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा जोगबहादुर राना चुनाव लड्ने भएका हुन ।

Blog Post Ad Blog Post Ad