Ad Area

राप्ती नदिमा डुवेर भारतीय नागरिकको मृत्यु


घोराही १० बैशाख । दाङको देउखुरीमा रहेको राप्ती नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक घर भएका २० वर्षीय सुदीपकुमार पाठकको नदीमा डुवेर मृत्यु भएको हो ।

लमही नगरपालिका–७ कमानपुरस्थीत सम्राट सिमेन्ट उद्योगमा खरानी ल्याएर भारतबाट आएका पाठक शुक्रवार विहान १० बजेतिर साथीहरुसंग नुहाउन राप्ती नदीमा गएका थिए । नुहाँउन गएका उनी पौडी खेल्न नसक्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिएका छन् ।

पाठकको शव शनिबार लमही अस्पतालमा पोस्टमार्टम गरि भारत पठाइएको वडा प्रहरी कार्यालय लमहले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad