Ad Area

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता आज र भोलि


दाङ, ११ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज र भोलि उम्मेदवार दर्ताको समय तोकिएको छ । देश संघीय संरचनामा गएपछि हुन लागेको स्थानीय तहको यो दोस्रो निर्वाचन हो । योभन्दा अघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको हो ।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन अयोगले उम्मेदवारी दर्ता गर्न ११ र १२ गते दुई दिनको सयम उपलब्ध गराएको छ । सोही अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमा आजदेखि भोलिसम्म उम्मेदवारी दर्ता गर्दैछन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज स्थानीय तहको प्रमुख÷उपप्रमुखसहित वडाध्यक्ष र सदस्यका लागि उम्मेदवारी दिने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि दशवटै स्थानीय तहमा बैशाख ८ निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेका छन् । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताका साना दलहरुलाई आज र प्रमुख राजनीतिक दलहरुलाई भोलीको समय दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घोराहीमा ११ वटा पार्टी निर्वाचन प्रक्रियामा सहभागी हुँदैछन् । निर्वाचन आयोगमा दर्ता भएका २२ वटा राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ताका लागि घोराहीमा १०ः३० बजेदेखि १२ गते साँझ ४ बजेसम्मका लागि समय निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । उनका अनुसार उम्मेदवारी दर्ताका लागि पहिलो दल नेपाली कांग्रेस (वि.पी.) लाई दिइएको छ ।

त्यसपछि क्रमश नेमकिपा, राष्ट्रिय जनमोर्चा, मंगल नेशलन अर्गनाइजेशन, जनता समाजवादी पार्टी र राप्रपा नेपालाई समय दिएको छ । त्यसैगरी १२ गते प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, नेकपा एमाले र राष्ट्रिय जनमोर्चा नेपाललगायतका दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको निर्वाचन अधिकृतको कार्यालयले दिएको छ

उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा आउँदासम्म पनि राजनीतिक दलहरुले अझै उम्मेदवार टुगो लगाउन सकेको छैनन् । घोराही र तुलसीपुर उपमहानगरपालिकालगागत अन्य केही पालिकामा उम्मेदवार चयन गरेपछि सम्पूर्ण पालिकामा कुनै पनि राजनीतिक दलहरुले उम्मेदवार चयन गर्न सकेका छैनन् ।

उम्मेदवार चयनका लागि दलहरु दिनहुँ छलफलमा जुटे पनि राजनीतिक उम्मेदवारका महत्वाकांक्षीहरु धेरै भएपछि उम्मेदवार चयन गर्न दलहरुलाई सकस भैराखेको छ । घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट नगर प्रमुखमा हेमराज शर्मा र उपप्रमुखमा भुपबहादुर डाँगी उठ्ने भएका छन् । शर्मा नेकपा माओवादी र डाँगी नेपाली कांग्रेसका नेता हुन ।

Blog Post Ad

घोराही उपमहानगरपालिकामा एमालेले वर्तमान नगर प्रमुख नरुलाल चौधरीलाई दोहो¥याउने भएको छ । त्यसैगरी उपप्रमुखमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार तुलसीपुर उपमहानगरपालिकामा नगर प्रमुख टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।

तुलसीपुर सत्तागठबन्धनबाट गेहेन्द्र गिरी नगर प्रमुख र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीबाट जोखबहादुर राना उठ्ने भएका छन् । सत्तागठबन्धनमा तुलसीपुरको मेयर नेपाली कांग्रेस र उपमेयर एकीकृत समाजवादीलाई परेको थियो ।

उम्मेद्वारी दर्ता गर्दा चाहिने कागजातहरु :

(क) गाउ“ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष वा नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख पदको लागि ।

(१) सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम रहेका एकजना प्रस्तावक र एकजना समर्थकसहित सम्बन्धित उम्मेदवारले सहीछाप गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–१ बमोजिमको मनोनयन–पत्र ।

(२) उम्मेदवार हुने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(३) उम्मेदवार हुने व्यक्तिको सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको उतार, मतदाता नामावलीको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि),

(४) स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६२ बमोजिम रु.१,५००।– धरौटी राखेको बैंक भौचर वा नगदी रसिद, तर महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न व्यक्तिले धरौटीवापत रु. ७५०।– राख्नुपर्ने ।

(५) बुँदा नं. (४) बमोजिम धरौटी छुट पाउनको लागि आर्थिकरुपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय ५० हजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले गरेको सिफारिस तथा दलित वा अल्पसंख्यक समुदायको व्यक्ति भए सम्बन्धित निकाय वा स्थानीय तहबाट दलित वा अल्पसंख्यक समुदायको व्यक्ति भएको सिफारिस,

(६) दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–२ बमोजिमको औपचारिक पत्र, (दलको तर्फबाट उम्मेदवारीको औपचारिक पत्र दिन अधिकार पाएको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्ने र सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतलाई सम्बोधन गरेको र बोधार्थमा सम्बन्धित उम्मेदवारको नाम लेखिएको हुनुपर्ने)

(७) उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्था वा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा,

(८) स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१३ बमोजिमको स्वघोषणा,

(९) वारेसमार्फत मनोनयनपत्र दर्ता गराउने भएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१५ बमोजिमको वारेसनामा ।
(ख) गाउ“पालिका वा नगरपालिकाको वडा अध्यक्ष तथा वडा सदस्य पदको लागि

(१) सम्बन्धित स्थानीय तहको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम रहेका एकजना प्रस्तावक र एकजना समर्थकसहित सम्बन्धित उम्मेदवारले सहीछाप गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–१ बमोजिमको मनोनयन–पत्र ।

(२) उम्मेदवार हुने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(३) उम्मेदवार हुने व्यक्तिको सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको उतार, मतदाता नामावलीको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि),

(४) स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६२ बमोजिम वडाध्यक्षको लागि रु. १,०००।– र वडा सदस्यको लागि रु. ५००।– धरौटी राखेको बैंक भौचर वा नगदी रसिद, तर महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न व्यक्तिले धरौटीवापत वडाध्यक्षको हकमा रु. ५००।– र वडा सदस्यको हकमा रु. २५०।– राख्नुपर्ने ।

(५) बुँदा नं. (४) बमोजिम धरौटी छुट पाउनको लागि आर्थिकरुपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय ५० हजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले गरेको सिफारिस तथा दलित वा अल्पसंख्यक समुदायको व्यक्ति भए सम्बन्धित निकाय वा स्थानीय तहबाट दलित वा अल्पसंख्यक समुदायको व्यक्ति भएको सिफारिस,

(६) दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–२ बमोजिमको औपचारिक पत्र,

(७) उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्था वा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा,

(८) स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१३ बमोजिमको स्वघोषणा,

(८) वारेस मार्फत मनोनयनपत्र दर्ता गराउने भएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१५ बमोजिमको वारेसनामा ।
(ग) गाउ“पालिका वा नगरपालिकाको दलित महिला वडा सदस्य पदको लागि
वडाध्यक्ष वा वडा सदस्य पदको लागि आवश्यक पर्ने कागजातको अतिरिक्त सम्बन्धित गाउँपालिका वा नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा ।

Blog Post Ad Blog Post Ad