Ad Area

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरु


दाङ,११ बैशाख । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले उमेदवारी दर्ता गर्न थालेका छन् । आज र भोलि उमेदवारी दर्ता गराउन निर्वाचन आयोगले समय तोकेपछि निर्वाचनमा भाग लिन उमेदवारी दर्ता गराउन शुरु गरेका छन्। जस अनुसार घोराही उपमहानगरपालिकाको मेयरमा मालेबाट सबैभन्दा पहिले नेत्रप्रकाश पाण्डेय र उपमेयरमा राधिका क्षेत्रीले उम्मेदवारी दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताका लागि दिएको समयमा पाण्डेयले र क्षेत्रीले मनोनयन दर्ता गराउनु भएको हो।

घोराही उपमहानगरपालिका- १२ निवासी पाण्डेयको प्रस्तावक गोबिन्द केके र समर्थकमा शोभा पाण्डेय रहनु भएको छ । त्यसैगरी घोराही उपमहानगरपालिका- १७ निवासी उपमेयर उमेदवार क्षेत्रीको प्रस्तावमा निर्मलादेवी केसी र समर्थकमा गोविन्द केके रहेको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
यसैगरी, घोराही १३ को वडा अध्यक्ष पदका लाग राष्ट्रिय जनमुक्ति पार्टीबाट नरबहादुर घर्तीले उमेदवारी दर्ता गराउनु भएको छ । अन्य दलका उमेदवार पनि निर्वाचनमा भाग लिन उमेदवारी गर्दा गराउन निर्वाचन अधिकृतको कार्यालयमा आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad