Ad Area

दाङ अझै पनि औलोको जोखिममा


दाङ, १४ वैशाख । औलो रोगको जोखिममा दाङ पनि रहेको एक तथ्याङ्कले देखाएको छ । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको पत्रकारसँगको छलफल कार्यक्रममा जिल्लामा ६ जना औलोको बिरामी भएको जानकारी दिएको हो ।

कार्यक्रममा निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले दाङ जिल्ला पनि औलो रोगको जोखिमको जिल्ला रहेको बताए । लुम्विनी प्रदेशको बाँके जिल्ला पहिलो जोखिममा रहेको बताए । स्थानीय भन्दा पनि बाहिरबाट आउने मानिसबाट संक्रक्रमण हुने गरेको उनको भनाइ छ । सीमा क्षेत्रमा वढी औलो रोग देखिने गरेको चौधरी बताउँछन् । औलो रोग १५ वर्षभन्दा माथिकालाई बढी देखिने गरेको उनको भनाइ छ ।

उमेर समूहका नागरिक कामका लागि बाहिर जाने भएकाले पनि बढी देखिएको पाइएको छ’, चौधरीले भने, ‘जसमा महिलाभन्दा बढी पुरुषमा देखिने गरेको छ ।’ सरकारले सन् २०२२ सम्म औलोबाट हुने मृत्यु दर शून्य बनाउने योजनाका साथ काम गरिरहेको जानकारी दिए । २०२५ सम्म नेपालमा औलोलाई शून्य बनाउने अभियानमा सरकार छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सबै नागरिकले आधारभूत सेवा निःशुल्क पाउने बताए । ‘स्थानीय सकारले स्वास्थ्यमा बजेट बढाएर नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिनु पर्दछ’, डा देवकोटाले भने । ठूलो रोगको उपचार बिमामार्फत् व्यवस्था गरिने बताए । जसले गर्दा नागरिकले स्वास्थ्यका लागि ठूलो रकम खर्च गर्नबाट बचाउन सकिने बताए ।

नागरिकले सहज रूपा स्वास्थ्य सेवा पाउने उनको भनाइ थियो । प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिक्ता दिएर बजेट विनियोजन गरेको समेत उनले बताए । ‘बजेट भएन भने काम गर्न सकिँदैन नागरिकको स्वास्थलाई ध्यान दिएर बजेट विनियोजन हुनुपर्छ’, देवकोटाले भने । समस्या सानो ठूलोको रूपमा लिन नहुने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने देवकोटाको भनाइ थियो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदकुमार गिरीले औलो रोग नियन्त्रण गर्नका लागि प्रदेश सरकार लागिपरेको बताए । प्रदेशका नाकाहरू भैरहवा, कृष्णनगर र रूपैडिया नाकामा चेक जाँचको व्यवस्था गरिएको बताए । बाहिरबाट आउने सबैलाई चेकजाँच गरिने उनले बताए । कार्यक्रममा सेभ द चिल्ड्रेनका भीमबहादुर सिंह, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी र नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य केपी घिमिरेलगायतले विचार राखेका थिए । यस वर्ष ‘औलो भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नारा छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad