Ad Area

गठबन्धन राष्ट्रिय आवश्यकता : प्रवक्ता महरा


घोराही, १४ बैशाख । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँचदलिय मुलुकको आवश्यकताले निर्माण गरेको बताउनुभएको छ । संयुक्त निर्वाचन परिचालन समिति घोराही उपहानगरपालिकाले बुधवार घोराहीमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि महराले प्रतिगमनका बिरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताउनुभयो । गठबन्धनले जनताको आधारभुत आवश्यकता पुरा गर्दै शान्ति प्रक्रियामा अपुरा रहेका केही कामलाई पुरा गर्ने दायित्व बोकेका भनाई राख्नुभयो ।

नेपाली काँग्रेस घोराही उपहानगरपालिका सभापति तिलक रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महराले मुलुक अप्ठेरो परिस्थितीको सामना गर्दै जहिले पनि काँग्रेस र माओवादीले निकास दिदै आइरहेकाले विश्वास व्यक्त गर्दै भन्नुभयो–‘ लोकतान्त्रिक आन्दोलन पनि काँग्रेस र माओवादीको तालमेलबाट नै अघि बढेको हो । जसले गर्दा हामीको गठबन्धन २०६१ सालमा नै भइसकेको थियो । अहिलेको वर्तमान राष्ट्रिय परिस्थितीले अझ बलियो बनाउने काम गरेको छ । ’

जसका लागि गठबन्धकारीहरु एक मन र तनले आसन्न निर्वाचनमा आफ्ना उम्मेद्वारलाई सफल बनाई अपिल समेत गर्नुभयो । ‘ गठबन्धन पराजय भए मुलुकले नै पराजय हुने छ । मुलुकको आगामी भाग्य र भविष्य निर्धारणका लागि गठबन्धनले नै बिजयी हुनुपर्छ । ’ प्रतिगमनकारीहरु जनताको अधिकार माथि कु गरी मुलुकलाई अन्यौल र अस्थिरता तर्फ लैजान खोजेकाले प्रतिगमनकारीहरु बिरुद्ध शशक्त भई प्रतिकार गर्नुपर्ने बेला आइसकेको भनाई राख्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले गठबन्धनकारीहरु बीच बैचारिक सिद्धान्त फरक भए पनि राष्ट्रियताको सवाल समान रहेकाले प्रतिगमन शक्ति निशकोच आफ्ना उम्मेद्वारहरु बिजयी बनाउन दत्तचित्त भई अघि बढ्नुपर्ने भनाई राख्नुभयो ।

प्रतिगमनकारीहरुका मुलुक नै जोखिममा परेकाले त्यो जोखिमबाट मुलुकलाई जोगाउन सत्तारुढ दलहरु अब स्थानीय सरकारदेखि केन्द्रसम्म गठबन्धन माध्यमबाट प्रतिगमनकारी रहित सरकार निर्माणमा लागेको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘ गठबन्धनको नमुना सरकार अब घोराही उपमहानगर बाट बनाउने चाहाना गठबन्धनकारीहरुको चाहाना छ । त्यो चाहाना पुरा गर्न एक मतका साथ अघि बढ्नुपर्ने आवश्यक छ । ’

Blog Post Ad

कार्यक्रममा राष्ट्रियसभा प्रमुख सचेतक अनिता देवकोटाले गठबन्धनको जित नै मुलुकको जीत रहेकाले प्रतिगमन हराउदै मुलुकको नयाँ भविष्यको यात्रातय गर्ने साझा संकल्पका साथ गठबन्धन उभिएकाले गठबन्धनमा बिजयी गठबन्धनकारीहरु मन र भावना एकताको आवश्यकता रहेकाले बताउनुभयो । कार्यक्रममा त्यस्तै नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य निर्मल आचार्यले गठबन्धन माथि कुनै शंका नगरी वडादेखि उपहानगरसम्म बिजयी बनाउन अग्रसर बन्न सम्पुर्ण कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

‘व्यवस्थाको अनुरुपको अवस्था निर्माण गछौं ’

घोराही उपमहानगरपालिकामा गठबन्धन तर्फका मेयर प्रत्यासी नेकपा माओवादी केन्द्रका नेता हेमराज शर्मा पोख्रेल (डायमण्ड)ले घोराही उपहानगरपालिकाको व्यवस्था अनुरुपको नागरिकको अवस्था बदल्नले विश्वास व्यक्त गर्नुभएको छ ।

गठबन्धनको संयुक्त प्रशिक्षण भेललालाई सम्बोधन गर्दै मेयर पदका उम्मेद्वार शर्माले विकासमा समान वितरणको धेरै क्षेत्र अझै पछि परिरहेकाले कृषि क्षेत्रको विकास तथा विस्तारलाई प्राथामिक्तामा राख्दै गरिव तथा विपन्न वर्ग समुदाय र क्षेत्रको अवस्थामा परिवर्तन ल्याउने बताउनुभयो ।

कार्यक्रममा गठबन्धन तर्फका उपमेयर पदका उम्मेद्वार नेपाली काँग्रेसका नेता भुपबहादुर डाँगीले घोराही उपहानगरपालिका भाषणमा मात्रै समृद्धको लहर देखिएको टिप्पणी गर्नुभयो । जसले जनताको निराशा पैदा भइरहेकाले गठबन्धन त्यस्ता जनताको आशाको केन्द्र बनि स्थापित हुन लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले समृद्ध घोराही चाहेका छौं । ’

कार्यक्रममा लुम्विनी प्रदेशका प्रदेशसभा सदस्यका प्रत्यासी कमलकिशोर घिमिरे, भरत न्यौपाने, क्षेत्रिय सभापति भिमप्रकाश खड्का र राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य लगायतकाले प्रशिक्षणात्मक भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेकपा माओवादी केन्द्र घोराही नगर सचिव साकार चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad