Ad Area

बार्षिक समीक्षा तथा वित्तीय साक्षरता कार्यक्रम


दाङ, १४ बैशाख । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रर्वद्धन गरिएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही शाखाको आयोजनामा बुधवार घोराहीमा केन्द्र प्रमुखहरुसंगको बार्षिक समीक्षा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

आत्मनिर्भर लघुबित्त बित्तीय शाखाका शाखा प्रबन्धक तिर्सना चौधरीको अध्यक्षता तथा ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि चौधरीले समुदाय र महिलाहरुलाई आत्मनिर्भर र शसक्त बनाउनका लागि समुदायस्तरमा पुगेर काम गर्नुुपर्ने बताइन । उनले लघुबित्तलाई र बिश्वस्नियताका लागि उपस्तिथित सम्पूर्ण शेयर सदस्यहरुलाइ धन्यवाद समेत दिइन ।

आत्मनिर्भर सस्थाका घोराही शाखाका लेखापाल दशरथ चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा ४ वटा केन्द्र उत्कृष्ट, ४ जना सफल उद्यमी, १ उत्कृष्ठ बचतकर्ता र १२ अनुसाशित केन्द्रहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत सौगतवितर चौधरी, समुहका सदस्य तथा उद्यमी सन्तुली चौधरी, केन्द्र प्रमुख बिमला चौधरी, सूचना अधिकारी पार्बती बस्नेत लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण लघुबित्तका सुशीला गिरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad