Ad Area

अपेक्षा अपाङ्गतामैत्री निर्वाचनको


विवेक खड्का
हामी स्थानीय तहको निर्वाचनको संघारमा छौँ । वैशाख ३० मा देशका सबै स्थानीय तहको निर्वाचन हुँदै छ । यो निर्वाचनमा १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका नेपाली नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्न पाउने छन् । अन्य नागरिकजस्तै उमेर पुगेका र मतदाता नामावलीमा आफ्नो नाम भएका अपाङ्गता भएका व्यक्तिहरुले पनि आफ्नो मताधिकारको प्रयोग गर्दै छन् ।

तर, दाङमा कति अपाङ्गता भएका व्यक्तिहरुले मताधिकार प्रयोग गर्न पाउने छन् भन्ने एकिन तथ्याड्ढ निर्वाचन कार्यालयसँग छैन । मतदाता संकलनका क्रममा त्रुटि भएका कारण सबै प्रकारका अपाङ्गगता भएका व्यक्तिहरुको तथ्याड्ढ आउन नसकेको देखिन्छ । धेरैभन्दा धेरै संख्यामा अपाङ्गता भएका व्यक्तिहरुले मतदान गर्ने सरोकारवालाहरुले बताए पनि उनीहरुसँग पनि एकिन तथ्याड्ढ छैन ।

विगतका निर्वाचनहरुमा खास गरी स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन, संविधानसभाको पहिलो र दोस्रो निर्वाचनको अनुभवलाई हेर्ने हो भने धेरै अपाङ्गता भएका मतदाताहरु मताधिकारबाट वञ्चित रहने निश्चि प्रायः छ । अपाङ्गताको वृत्तबाट हेर्दा यसलाई अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धि २००६ बाट वञ्चित भएको मानिन्छ । यस महासन्धिमा अन्य व्यक्तिहरु सरह समान आधारमा अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिक अधिकार तथा त्यस्तो अधिकारहरुको उपभोग गर्ने अवसरको प्रत्याभूत दिने व्यवस्था गरेको छ ।

गएको निर्वाचनमा जो जसलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर प्राप्त भयो, उनीहरु पनि पूर्ण रुपमा सन्तोष भएको पाइएन । यसभित्र विभिन्न कारणहरु छन् । हामी निर्वाचनलाई अपाङ्गतामैत्री बनाउन मतदान केन्द्रमा ¥यापको व्यवस्था र अपाङ्गता भएका व्यक्तिहरुलाई लाइनमा बस्नु नपर्ने विषयलाई मात्रै सम्झन्छौँ । यो यतिले मात्रै पुग्दैन ।

निर्वाचन आयोगले सबै मतदान केन्द्र अपाङ्गतामैत्री बनाउनका लागि ¥याम्प बनाउने, सबै पर्यवेक्षकलाई मतदाता शिक्षा दिने क्रममा अपाङ्गतामैत्री बनाउने, अपाङ्गतामैत्री सूचना प्रकाशन र प्रशारण गर्ने, निर्वाचन निर्देशिकाहरु अपाङ्गतामैत्री बनाउने नीति नियमको व्यवस्था गरेको भनिएको थियो । तर, त्यो अनुरुपको कार्य भएको पाइएन । स्थानीय तहको पहिलो चरणको निर्वाचमा अपाङ्गता भएका व्यक्तिहरुलाई लाइनमा बस्नु नपर्ने बाहेक अन्य कुनै कार्य भएको सुनिएन ।

निर्वाचनको क्रममा अपाङ्गता भएका व्यक्तिलाई लाइनमा बस्न नपर्ने व्यवस्था मात्र अपाङ्गतामैत्री मतदान स्थल होइन । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धिको धारा २९ मा अपाङ्गता भएका व्यक्तिको राजनैतिक अधिकार अन्तर्गत् अन्य व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिले मतदान गर्न तथा निर्वाचित हुन पाउने, निर्वाचका क्रममा अपाङ्गता भएका व्यक्तिका लागि मतदान केन्द्रमा सहयोगीको व्यवस्था हुनुपर्ने भनिएको छ । आगामी दिनमा ती व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्न जरुरी छ ।

Blog Post Ad

विगतमा भएको स्थानीय निकायको निर्वाचमा निर्वाचन आयोगले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा मतदान गर्न सकून भनेर विभिन्न एफएम तथा रेडियोबाट मतदान गर्ने तरिकाको बारेमा चेतनामूलक सन्देश प्रशारण तथा पत्रपत्रिकाममा प्रकाशन गर्ने, बहिरा व्यक्तिहरुले पनि सहज रुपमा बुझ्न सकून भनेर दोभाषेमार्फत् साङ्केतिक भाषाको प्रशारण गरेको, पोस्टर तथा पमप्लेट बनाउँदा न्यून दृष्टियुक्त तथा लेखपढ गर्न नजान्ने व्यक्तिले पनि बुझ्न सक्ने गरी निर्माण गरिएको जनाएको थियो ।

यसका साथै विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिले मतदानका क्रममा उनीहरुलाई लाइनमा बस्न नपर्ने, दृष्टिविहीन तथा अन्य सहयोगी आवश्यक हुनेले सहयोगी व्यक्ति वा मतदान अधिकृतमार्फत् मतदान गर्न पाउने, सबै मतदान स्थलमा ह्वीलचियर सहजै जानसक्ने गरी ¥याम्पको व्यवस्था गर्ने, सबैलाई निर्वाचन मतदाता शिक्षा दिएको भनेको थियो तर अपाङ्गता भएका व्यक्तिहरुले त्यो अनुरुपको सेवा पाउन नसेको गुनासो आएको थियो । यो समीक्षाको विषय बन्नुपर्छ र आगामी दिनहरुमा यसमा सुधार आउनै पर्छ ।

अपाङ्गता भएका मतदाताहरूको लागि बनाइएका केही नीतिगत व्यवस्थाहरु :

 मतदाना नामावली सड्ढलन गर्दा अपाङ्गता भएका व्यक्तिको विवरण अपाङ्गता पहिचान गरिएको छ ।

 दृष्टिविहीन अपाङ्गता अशक्त वृद्धवृद्धा आफैले मत संकेत गरी मतदान गर्न नसक्ने पहिचान गरिएको छ ।

 शारीरिक रुपमा अशक्त अपाङ्गता भएका कर्मचारीलाई निर्वाचनमा खटाउँदा पायक पर्ने ठाउँमा खटाएने व्यवस्था गरिएको छ ।

 शारीरिक रुपमा अशक्त अपाङ्गता भएका मतदातालाई लाइनमा नबसी तुरुन्तै मतदान गर्ने व्यवस्थ गरिएको

 चुनाव प्रचारप्रसारको क्रममा कसैले पनि व्यक्तिगत कुरामा आँच पुग्ने कुरा गर्न नपाउने
तोकिएका सबै मतादान स्थल, सुरक्षाकर्मी, पर्यवेक्षक, राजनीतिकर्मी, पेसाकर्मी, अधिकारकर्मीलगायत सबै पक्षले अबको निर्वाचलाई अपाङ्गतामैत्री बनाउन संवेदनशील हुनु पर्छ ।

यसका लागि सबै मतदान केन्द्रका मतदान स्थलमा ह्विलचियर तथा अन्य सहयोगी सामग्री प्रयोग गर्ने, २४सै घण्टा अर्काको सहयोगको आवश्यकता हुने र अरुको सहयोगमा काम गर्न सक्ने अपाङ्गता भएका व्यक्तिले सहज रुपमा आफ्नो मताधिकारको प्रयोग गर्नसक्ने गरी अपाङ्गतामैत्री मतदान स्थल बनाउन, ¥याम्प बनाउन, मतपेटिका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको पहँुच पुग्ने गरी तयारी गर्न विभिन्न मतदान स्थलमा खटाइने निर्वाचन आयोगका कर्मचारी र पर्यवेक्षकलाई पनि अपाङ्गता भएका व्यक्तिसँग कस्तो व्यवहार गर्ने, उनीहरुमैत्री वातावरण कसरी बनाउने भन्ने विषयमा पनि राम्ररी प्रशिक्षण दिन जरुरी छ ।

Blog Post Ad Blog Post Ad