Ad Area

संविधानको रक्षा र प्रतिगमनलाई परास्त गर्न गठबन्धन : प्रवक्ता महरा


दाङ,१३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता एवं पूर्व सभामुख नेता कृष्ण बहादुर महराले घोराहीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा वोल्दै संविधानको रक्षा गर्न र प्रतिगमनलाई पराष्ट गर्न वर्तमान गठबन्धनलाई अझ वलियो बनाएर लैजानुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले विहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै पूर्व सभामुख महराले २०७२ सालको संविधान उल्टाउने प्रयास भएकोले अहिले नयाँ परिस्थिति आएको र यो लडाई प्रतिगमन र अग्रगमनवीच भएको बताएका हुन । महराले केपी ओली २०७२ को संविधान निर्माणको समयमा नै गणतन्त्र र संघियताको पक्षमा नभएको आरोप लगाउँदै त्यो वेला कांग्रेस र माओवादीकै अडान र समझदारीका कारण संघीय गणतान्त्रिक संविधान बनेको दावी गरे ।

महराले लुम्विनी प्रदेशको राजधानी दाङ एमालेले मात्रै ल्याएको भनेर जनतामा भ्रम सिर्जना गर्ने काम नगर्न एमाले महासचिव शंकर पोख्रेललाई आग्रह गरेका छन् ।  प्रादेशिक राजधानी दाङ ल्याउन सवैको भूमिका रहेपनि आफैले एक्लै ल्याए झै गरेर प्रचार नगर्न आग्रह गरेका हुन ।

‘लुम्विनी प्रदेश राजधानी एमालेले कहाँ बनाउन चाहेको थियो र त्यो कसरी दाङ आयो भन्ने विषयमा भ्रम सिर्जना नगर्न आग्रह गर्दछु’,पूर्वसभामुख समेत रहेका महराले भने,‘प्रदेश राजधानी दाङ ल्याउन सवैको भूमिका महत्वपूर्ण छ ।’पत्रकार सम्मेलन प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सन्चालन प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माले गरेका थिए ।

Blog Post Ad Blog Post Ad