Ad Area

कराँते वेल्ड ग्रेडिङ्ग तथा दीक्षान्त समारोह


लक्ष्मण बस्नेत
दाङ,१७ वैशाख । गोजुरियो कराँते खेलाडीहरुको वेल्ड ग्रेडिङ्ग तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । सहिद विदुर स्मृति डोजोको आयोजनामा भएको वेल्ट ग्रेडिङ्ग तथा दीक्षान्त समारोहमा १७ जना खेलाडीहरु दिक्षीत भएका छन्।

सहिद विदुर स्मृति डोजो जाजरकोट खलंगा थाप्लेमा खेल्दै आएका खेलाडीहरु मध्य ४ जना ग्रीन बेल्ट, ८ जना ओरेन्ज र ५ जनालाई एलो बेल्ट प्रदान गरि दिक्षीत गरिएको हो । नेपाल गोजुरियो करांतेका प्रमुख प्रशिक्षक बिआर मित्रले नेतृत्व गरिरहेको गोजुरियो कराँतेका वरिस्ठ प्रशिक्षक वीरेन्द्र बिक लगाएत प्रशिक्षकको टीमले खेलाडीहरुलाई आत्म अनुशासनसंगै आवश्यक ट्याक्निक, ट्याक्टिस र स्किलका बारेमा विशिस्ठ प्रशिक्षण दिएको थियो ।

त्यसैगरी सोही समारोहमा नेपाल गोजुरियो कराँते दो संघका केन्द्रीय अध्यक्ष तथा भेरी नगरपालिकाका निवर्तमान नगर प्रमुख सि पि घर्तिले जिल्लामा कराँते खेलको विकास र बिस्तारका लागि दश हजार बराबरको कराँते सामग्री प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल गोजुरियो कराँतेका बरिस्ठ प्रशिक्षक हरिशचन्द्र राना, सहिद विदुर स्मृति डोजो प्रमुख प्रेम विश्वकर्मा, हुम बहादुर परियार, अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक निशाना रोका मगर र एमेसन चौधरी, खेलाडीका अभिभावक,जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नर बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

एशियन गोजुरियो करातेका महासचिव र विश्व कराते अध्यक्ष एन्टोनियो स्पिनोसबिच भेटघाट

Blog Post Ad

उता एशियन गोजुरियो कराते महासंघका महासचिव तथा नेपाल कराते महासंघका महासचिव बि आर मित्रले विश्व कराते महासंघका अध्यक्ष एन्टोनियो स्पिनोस संग भेटघाट गर्नु भएको छ ।

उहाँहरु बिच विश्व कराते महासंघले नेपालको करातेलाई हेर्ने दृष्टिकोण,करातेको पछिल्लो अबस्था,आपसी सहयोग लगाएतका विषयमा छलफल भएको छ । कराते महासंघका महासचिव बि आर मित्र पुर्चुगलमा भर्खरै सम्पन्न भएको विश्व कराते प्रीमियर लिग २०२२ मा भाग लिन जानू भएको थियो ।

Blog Post Ad Blog Post Ad