Ad Area

कुलराजको ‘सानुमाया’


तुफानबाबु श्रेष्ठ
तुलसीपुर, १७ वैशाख ।

सानुमाया हुन्छ भेट चिन्ता नगर
दुई दिनको साथ होईन माया नमार ।

गीत, संगीतका पराखीहरूको लागि अर्को एउटा नविन गीत ‘सानुमाया’ सार्वजनिक भएको छ । युवा पुस्ताका गायक तथा संगीतकार चेतन राईको शब्द तथा संगीतमा गायक कुलराज डिसीको गीत ‘सानुमाया हुन्छ भेट चिन्ता नगर, दुई दिनको साथ होईन माया नमार ।’ दर्शक–स्रोता माझ आएको छ । गीतलाई सेकाई इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको हो ।

कलकलाउँदो उमेरमा नै हो माया सप्रिने साथै सप्रिएको मायालाई सार्थकतामा बदल्ने अनि वाचा–कसम खानु र त्यसलाई नतोड्नु मूल कुरा हो । कुनै एक जहाँसुकै होस् सच्चा दिलको कुराहरू गर्नेले जहिले पनि जितको नतिजा निकालेरै छोड्छन् । आशा र भरोसा जीवनका अभिन्न पाटा हुन् । यही आशा र भरोसाको केन्द्रविन्दु बनेको गीत हो ‘सानुमाया’ ।

लोक लयलाई आधार बनाइएको यो गीत नेपाली लोक तथा सुगम संगीतको लागि एक बलियो इट्टा हो । गायक कुलराज डिसीको स्वरको आफ्नोपन र मिठासले शब्द तथा संगीतकार चेतनको चेतनालाई न्याय गरेको छ । गीतको भिडियो निर्देशन पनि चेतन राईले नै गरेका हुन् । भिडियोमा कलाकारहरू कुलराज डिसी, प्रनिमा दाहाल र प्रेमिका शर्मालाई देख्न सकिन्छ ।

गीतको उत्पादक सूर्य रुम्वा हुन् । मिक्सिङ तथा मास्टरिङमा सुवाश राई रहेका छन् । क्यामरा तथा सम्पादन फराज अर्पणको रहेको छ भने शृंगार दीया रिजालको रहेको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad