Ad Area

दाङमा आईपुग्यो मतपत्र


घोराही, १९ बैशाख । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आईपुगेको छ ।

निर्वाचन आयोगले जिल्लामा मतदाताले प्रयोग गर्ने मतपत्र पठाएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार ४ लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ ।

दाङमा हाल ४ लाख ९ हजार ९ सय २ मतदाता रहेका छन् । यस्तै २०७४ पछि थपिएका मतदाताहरुको मतदाता परिचय पत्र पनि मतपत्रसँगै निर्वाचनले पठाएको निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताउनुभयो ।

निर्वाचन मिति नजिकिदै जाँदा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् भने निर्वाचन आयोग निर्वाचन लक्षित तयारीमा जुटेको छ ।

दाङमा १२ वटा दलबाट उम्मेदवारहरु र २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad