Ad Area

निशुल्क प्रसुति सेवा प्रभावकारी बन्दै


दाङ, १९ बैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागु भएको निशुल्क प्रसुति सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानका उपकुलपतिमा डा.विकास लामिछाने नियुक्त भएर आएपछि प्रतिष्ठानमा निशुल्क मातृत्व सेवा थप प्रभावकारी वन्दै गएको हो ।

बैशाख १ गते देखी प्रतिष्ठानमा १९ दिनमा झण्डै १ सय ३५ जना महीलाले नि शुल्क प्रसुति सेवा पाएको प्रतिष्ठानमा शिक्षाध्यक्ष, प्रसुति रोग विशेषज्ञ डा.वसन्त लामिछानेले जानकारी दिए । प्रतिष्ठानमा नि शुल्करुपमा १ सय जना महीलाले नर्मल डेलिभरी सेवा लिएका छन् भने ३५ जनाको सिएस गरीएको छ ।

प्रतिष्ठानमा नि शुल्क प्रसुति सेवा प्रारम्भ भएपछि प्रसुति गराउन आउने महीलाहरु खुसि भएर सेवा लिएको भन्दै प्रसुति कै लागि विगतमा घोराहीवाट तुलसिपुर जाने बाध्यता अव विस्तारै हट्दै गएको उनले बताए । उनले प्रतिष्ठानमा छाला, वाल रोग, फीजीसिय, प्रसुति रोग विशेषज्ञ, सर्जन, हाडजोर्नि सहीत २९ जना विशेषज्ञ चीकीत्सकहरुवाट सेवा प्रवाह भइरहेको जानकारी दिए ।

प्रभावकारी पोषण पुर्नस्थापना सञ्चालन, शंकास्पद क्षयरोग विरामीको पहीचान गर्न मेसिन जोडेर सेवा पनि प्रारम्भ भइसकेको समेत बताए । प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले प्रतिष्ठानमा निशुल्क प्रसुति सेवा थप राम्रोसंग सञ्चालन गर्न प्रसुति रोग विशेषज्ञ थप्ने तयारीमा रहेको बताउदै केही थप चिकित्सकहरुको आवेदन आइरहेकाले सेवा विस्तारको योजना अनुरुप काम भइरहेको बताए ।

अव छिट्टै नै प्रतिष्ठानमा एम आरआई सेवा पनि सुचारु हुने उनले बताए । विगत भन्दा आफुहरु यस पालि आफुहरु विशेषज्ञ थपेर प्रतिष्ठानको सेवा विस्तार गर्ने सोच रहेको भन्दै उनले नयाँ–नयाँ सेवा थप्ने गरी योजना बनिरहेको बताए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad