Ad Area

दाङमा चुनावी प्रचारको गाडीमा आयोगको निगरानी


घोराही, २० वैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले निर्वाचनमा प्रयोग हुने गाडीहरुमा कडाई गरेको छ । उम्मेदवारहरुले आफु प्रचारमा हिड्ने गाडीहरुको अनुमती नै नलिएर चलाइरहेको सूचना आएको भन्दै निर्वाचन आचारसंहिताको पालना गर्न र गराउन उम्मेदवार तथा पार्टीहरुलाई सचेत बनाएको छ ।

मुख्य निर्वाचन अधिकृत न्यायाधिस रितेन्द्र थापाले अपिल गर्दै हाल सम्म कुनै पनि उम्मेदवारले सवारी साधन सञ्चालनको अनुमती नलिएको र प्रशस्त सवारीका साधन चलाईरहेको भन्दै २४ घण्टा भित्र अनुमती लिन आग्रह गर्नुभएको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिको यही बैशाख १८ गतेको निर्णय अनुसार चुनाव प्रचारमा हिड्ने गाडीहरुको अनिवार्य अनुमती लिन समेत उम्मेदवारहरुलाई जानकारी गराएको छ ।

उपमहानगरपालिकाको हकमा प्रमुख उपप्रमुखका उम्मेदवारले बढीमा दुईवटा, वडा अध्यक्षका उम्मेदवारले एउटा गाडी चुनाव प्रचारमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

यसरी अनुमती लिएका सवारीका साधन बैशाख २७ गते राती १२ बजे देखी मतदानको दिन सम्म प्रयोग गर्न नपाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अनुमती नलिएर चलाएका र मौन अबधीमा आचारसंहिता उल्लंघन भएको पाईए गाडी नियन्त्रणमा लिईने र चुनाब पछि मात्रै फिर्ता गर्न सकिने समेत जनाइएको छ ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad