Ad Area

आज इद उल फित्र पर्व


घोराही, २० वैशाख । सरकारले आज सार्वजनिक बिदा दिएकाे  छ ।  इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । २०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको हो । यसअघि मुस्लिम आयोगले चन्द्रमा हेरेर कहिले इद मनाउने भन्नेबारे निर्णय लिने बताएको थियो । अहिले मुस्लिम समुदाय  याे पर्व भव्य रुपमा मनाईरहेका छन्।

Blog Post Ad Blog Post Ad