Ad Area

नियमित बजार अनुगमन नहुदा उपभोक्ता मारमा


दाङ, २५ असोज । बजारमा अनुगमन नहुँदा बस्तुको गुणस्तरको कुरा मात्रै होइन मूल्यमा पनि एकरुपता नहुने समस्या देखिएको छ । खाद्य बस्तुमा अखाद्य बस्तु मिसावट हुँदा पनि कारवाही हुँदैन । गुणस्तरहिन बस्तु विक्रि गर्दा पनि कारवाही हुँदैन । म्याद सकिएका बस्तुहरुको खुलेआम विक्रि हुँदा पनि कारवाही हुँदैन ।

उपभोग्य बस्तुको गुणस्तरमा नेपालकोे संविधान, २०७२ को अनुसूची–८ बमोजिम उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ । पालिकाको उपाध्यक्ष तथा उप–प्रमुखलाई अनुगमनको संयोजक तोकिएको छ । व्यवसायीले कस्तो सामान विक्रि गरिरहेको छ वा उत्पादकले कस्तो सामान उत्पादन गरिरहेको छ भन्ने बारेमा अनुगमन गर्नै पर्दछ ।

आफ्नो गाउँ वा नगरपालिका अन्तर्गत स्थापित वा संचालित उद्योग व्यवसायको दर्ता, नविकरण, बिल विजक तथा बिक्रीको लागि राखिएका मालवस्तु, नापतौल, गुणस्तर, लेबल, आपूर्ति, आदिको अनुगमन गर्ने, तरकारी, फलफूल, माछा, मासु, मिठाई पसल, डेरी, होटल लगायतका खाद्य वस्तुको बिक्री स्थलको मापदण्ड तोक्ने र छुट्टै फलफूल तथा तरकारी बजार र वधशालाको व्यवस्था गर्ने लगायतका कामको जिम्मेवारी समितिलाई दिइएको छ । घोराहीमा आइतवार खाद्य अधिकार सम्बन्धि अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक सेवा केन्द्र ईन्सेक दाङको आयोजना तथा मानव अधिकार समूह घोराहीको सहकार्यमा कार्यक्रम भएको हो ।

मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशव कुमार शर्माले अनुगमनका क्रममा अखाद्य बस्तु भेटिएपनि कारवाहीको दायरामा लिन नसकिएको बताए । अनुगमन हुन्छन्, गलतकाम गरेको भेटिन्छन् तर कारवाही गरिदैँन् । यहाँका सबै स्थानिय पालिकाहरुमा कारबाहीका लागि कानुन बनेको छैन्, उनले भने । यो संगै पालिका वीचमा अनुगमन समन्वयको अभाव रहेको बताए । अखाद्य बस्तु भेटिन्छन्, तर कारबाही हुदैनन्, शर्माले भने ।

घोराही उपमहानगरपालिका कृषि विकास शाखाका प्रमुख चोपनारायण खनालले कृषि उत्पादनमा विषादी प्रयोगलाई नियमन गर्न आवश्यक भएको बताए । “आज विषादी छर्किएको हुन्छ, भोली बजारमा विक्रिको लागि लिइन्छ, यस्तो तरकारीले स्वास्थ्यमा कति असर गर्छ होला ? उनले भने । उपभोक्ताहरुले पनि विषादी प्रयोग गरिएको चिल्ला तरकारी रोजाइमा पार्ने गरेको उनले भने । विषादी प्रयोग नगर्दा बाली उत्पादन भएका बस्तु राम्रो देखिदैँन्, राम्रो देखाउन र बजारमा बिकाउनलाई भएपनि विषादी छर्कने गरेका छन् । त्यो कतिको अर्गानिक छ भन्ने बुझ्नुपर्छ ।

हामी हाम्रो भान्सामा उपयोग युक्त छन् कि छैनन् हेर्देनौ । अव भने उपभोक्ता र कृषकहरु सचेत हुन आवश्यक भएको बताए । विषादीलाई कम गर्दे अर्गानिक उत्पादनमा जोड दिन आवश्यक भएको उनको भनाई थियो । यसका लागि समन्वय आवश्यक भएको भनाई राखे । यस्तै खुद्रा व्यापार वाट उपभोक्ताहरु मारमा पर्ने भएकाले यसलाई नियमन गर्न उद्योग वाणिज्य संघले ज्यान दिन आवश्यक भएको बताए । “जर्किनमा दुध बिक्रिका लागि लिइन्छ, त्यो दुधमा मिसावट छकि छैन्, दूध खान योग्य छ कि छैन ? यसलाई व्यवस्थित गर्ने निकाय छैन्–उनले भने ।

Blog Post Ad

घोराहीका गिरिराज सुवेदीले बजार मुल्यमा एकरुपता नभएको बताए । “अहिले बजारमा नरिवल चार सय देखि साढे पाँच समय सम्म बिक्रीवितरण भैराखेको छ” मुल्यमा एकरुपता छैन् । व्यावसायिलाई यसवारेमा सुनाउदा तपाई नकिन्नुस् अर्काे ठाउँ जानुस् भनेर भन्छन्–यो व्यावसायिक सेवा भएन सुवेदीले भने । कार्यक्रममा बिकिरण गौतमले अखाद्य बस्तुका बिषयमा गुनासो कहाँ कसलाई गर्ने भन्ने कुरामै समस्या भएको बताए । बजारका बिषयमा गुनासो सुन्नका लागि घोराही लगाएत जिल्लाका अन्य स्थानीय पालिकाले टोल फ्रि नम्बर राख्न आवश्यक भएको बताए ।

उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै बजार अनुगमनलाई व्यवस्थित गर्न आग्रह गरे । चाडवाडका समयमा मात्र नभएर अन्य समयमा पनि निरन्तर रुपमा अनुगमन तथा नियमन गर्न आग्रह गरेका छन् । यो संगै स्थानीय पालिकाले अनुगमनको योजना बनाउने कुरामा समन्वय गर्नुपर्ने बताए ।

बजारमा पर्वको समयमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य बृद्धि भएकाले यसलाई नियमन गर्नका लागि पनि सरोकारवालालाई ध्यान दिन आग्रह गरे । सचेतना, नियमन, अनुगमन गर्नुपर्छ, उनले भने ।

घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीले उपभोक्तालाई ठगिनबाट बचाउनका लागि उपमहानगरपालिकाले अनुगमनसँगै अखाद्यबस्तुलाई नष्ट गर्ने गरेको बताए । तर जिम्मेवार निकाय स्वयम सचेत नहुदा उपभोक्ता ठगिने क्रम नरोकिएको उनको भनाई थियो । उनले केही समय यता बजार अनुगमनलाई निरन्तरता दिएको बताए । अन्य समयमा अनौपचारिक रुपमा छड्के अनुगमन गरिरहेको भएपनि यो पर्वको समयमा भने औपचारिक रुपमानै अनुगमनलाई प्राथमिकता दिएको जानकारी गराए ।

अनुगमनको क्रममा बजार अस्तव्यस्त पाइएको भनाई राखे । खाद्य बस्तुमा अखाद्य बस्तु मिसावट, दैनिक उपभोग्य बस्तुमा उपभोग मितिहरु नराखिएको, नियम विपरितका व्यावसाय गरेको पाइएको बताए । एक पटक गएर सचेत बनाउने र अर्काे पटक जाँदा पनि त्यही ठाउँमा त्यही समस्या देखिने गरेको उनको भनाई थियो । सरकारलाई मामत्र नभएर उपभोक्ताहरु आफै सचेत हुन आग्रह गरे ।

कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी, कानुन व्यवसायी मौसम आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, दाङ उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी लगाएतले खाद्य स्वच्छता मानव अधिकारसङ्ग जोडिएको विषय भएको भन्दै यसलाई व्यवस्थित बनाउन सरोकारवाला निकाय गम्भीर बन्न आवश्यक रहेको बताए । गुणस्तरीय सामाग्री मात्रै उत्पादन, बिक्री वितरण र उपभोग गर्नुपर्छ भन्ने मानविय बानीको बिकास गर्न आवश्यक भएको बताए ।

 

Blog Post Ad Blog Post Ad