Ad Area

 मथुराप्रसाद श्रेष्ठ स्मृति प्रतिभा पुरस्कार संस्कृतिविद डा आचार्यलाई


दाङ,२५ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङले मथुराप्रसाद श्रेष्ठ स्मृति प्रतिभा पुरस्कार गायक, संगीतकार तथा लोक संस्कृतिविद डा गोबिन्द आचार्यलाई प्रदान गरिएको छ ।

प्रतिष्ठान दाङ शाखाले सोमबार घोराहीमा रहेको स्वर्गीय श्रेष्ठको निवासमा कार्यक्रमको आयोजना गरि उनको नाममा स्थापना भएको ‘मथुराप्रसाद श्रेष्ठ स्मृति प्रतिभा पुरस्कार’ लामो समयदेखि लोक गीतसंगीतको क्षेत्रमा लेखन, गायन तथा अनुसन्धानमा सक्रिय लोक संस्कृतिबिद समेत रहेका गायक तथा संगीतकार आचार्यलाई पहिलो पटक पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा पुरस्कार वरिष्ठ संगीतकार गोविन्द्रराज श्रेष्ठ, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, श्रेष्ठकी धर्मपत्नी मेनुकादेबी श्रेष्ठलगायतले प्रमाणपत्रसहित नगद ५ हजार एक सय ५ रुपैया पुरस्कार प्रदान गरेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङ शाखाका अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षतामा भएको थियो । प्रतिष्ठानमा स्वर्गीय श्रेष्ठको परिवारले एक लाख रुपैया राशीको पुरस्कार स्थापना गरेका छन् । पुरस्कार राशीलाई बर्षेनी बढाउँदै लग्ने परिवारले जनाएको छ ।

Blog Post Ad Blog Post Ad