Ad Area

गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह


दाङ,२४ बैशाख । स्थानीय तह निर्वाचन आउन ५ दिन मात्रै बाँकी रहदा गठबन्धनका उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तिब्र बनाएका छन् । घरदैलो भेटघाट तथा कार्यक्रमका माध्यमबाट उम्मेदवारहरुले निर्वाचनमा मत माग्नेदेखि जनताका गुनासा समेत सुन्दै आएका छन् ।

यसैक्रममा साँझा गठबन्धन घोराही उपमहानगरपालिका–१३ ले शनिवार मंलेरीमा चुनावी कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्ने बक्ताहरुले अहिलेको आवश्यकता गठबन्धन भएको भन्दै स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन आग्रह गरेका थिए । उनीहरुले कसैको भ्रममा नपरेर गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काले स्थानीय तहमा सुशासनसँगै जनताले विकासको महसुश गर्नका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न स्थानीयलाई आग्रह गरेका थिए । उनले पाँच बर्षमा गठबन्धनका उम्मेदवारले जनताले महसुश गर्ने गरि काम नगरे अर्काे निर्वाचनमा दण्डित गर्न समेत माग गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र न २ (क) का सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका सभापति तिलक रावत, वडा अध्यक्षका उम्मेदवार डुल्लुराम पोख्रेल,नेकपा माओवादी केन्द्रका दयाजी रोकालगायले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस वडा कार्यसमितिका सभापति गोपाल गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव सनत गिरीले गरेका थिए । वडा नं. १३ मा गठबन्धनबाट अध्यक्षमा डुल्लुराम पोख्रेलसहित खुल्ला सदस्यहरुमा केसे घर्ती र इन्द्रा बुढामगर, महिला सदस्यमा रामकली घर्तीमगर र दलित सदस्यमा कल्पना श्रीपाली रहेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad