Ad Area

घोराहीमा मतदाता शिक्षासँगै नमूना मतदान


अनामिका चौधरी
दाङ,२४ बैशाख । दाङमा स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा कार्यक्रमसँगै नमूना मतदान गरिएको छ । यहि बैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर बागेश्वरी असल शासन क्लव बाँकेले शनिवार घोराही उपमहानगरपालिका–१७ चौघेरामा थारु समुदायका महिलाहरुलाई समेटेर मतदाता शिक्षा कार्यक्रमसँगै नमूना मतदान गरेको हो ।

स्थानीय तह निर्वाचनमा खस्ने मतलाई सहि सदुपयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा वडा नं. १७ का विभिन्न टोलका ३२ जना स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय तह निर्वाचनमा मतपत्र बदर हुन नदिनका लागि नागरिकलाई निर्वाचनमा कसरी मतदान गर्ने भनेर सिकाईको थियो ।

कार्यक्रममा बागेश्वरी असल शासन क्लवका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्मा, कार्यक्रम संयोजक अशोक रावल, बागेश्वरी असल शासन क्लव दाङकी सदस्य अनामिका चौधरीले निर्वाचनमा कसरी मतदान गर्ने, कति जनालाई मतदान गर्ने, मतदान गरी सकेको मतपत्र कसरी पट्याएर बक्स राख्नेलगायतका बारेमा प्रशिक्षण दिएका थिए । त्यस अवसरमा नमूना मतदान समेत गरिएको थियो । नमूना मतदानमा ३० मत सदर र २ मत बदर भएको थियो ।

Blog Post Ad Blog Post Ad