Ad Area

मध्यपश्चिमको वार्षिकोत्सवमा उक्तदान


दाङ,२८ बैशाख । दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिमको १६ औं वार्षिकोत्सवका अवसरमा रक्तदान गरिएको छ । बिहान भएको रक्तदान कार्यक्रममा २७ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको रेडियो सञ्चालक समिति अध्यक्ष मधुसुदन वैद्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार रक्तदान कार्यक्रममा रेडियाका तर्फबाट अध्यक्ष मधुसुदन वैद्य, उपाध्यक्ष सुदर्शन रिजाल, सदस्य एकनारायण पौडेल, शरद अधिकारी, टिकाराम पन्थले रक्तदान गर्नुभयो । यस्तै, रेडियो कर्मचारी तर्फ छवि पुरी, कमल वली, बाबुराम पाण्डे, चन्द्रप्रकाश नेपाली, शालिकराम चौधरी, सुनिल परियार, अस्मिता परियारले रक्तदान गर्नुभयो । कार्यक्रममा देवराज रिजाल, आशिष खड्का, कविता डिसी, महेश खनाल, हुकुमा डिसी, मोहन पाण्डेय, सुशील अधिकारी, मुक्तिप्रसाद न्यौपाने, निरज गिरी, पूर्ण कार्की, हेमन्त चौधरी, आकाश परियार, शैलेश अधिकारी, सुरेश कुमार पट्वा क्षेत्री र सुरज बन्जाडेले पनि रक्तदान गर्नुभएको अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।
रक्त सञ्चार सेवा केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान गरिएको हो । केन्द्रका तर्फबाट ईच्छा बुढामगर, मनिषा चन्द र दिलिप चौधरीले प्राविधिक सहयोग गर्नुभएको थियो। रक्तदान जीवन दान भन्ने मुल मर्मलाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्व स्वरुप रेडियोले सो कार्यक्रम आयोजना गरेको हो ।
रेडियो स्थापना कालबाटै आवाजहीनको आवाज बनेर सञ्चारको क्षेत्रमा सशक्त भुमिका खेल्दै आएको रेडियोले सामाजिक क्षेत्रमा पनि आफुलाई सरिक गराउने काम गर्दै आएको उहाँको भनाई छ ।
आगामी जेठ १ गते रेडियो मध्यपश्चिमको स्थापना दिवस परेको छ । उक्त दिन भव्य समारोहका बीच औपचारिक कार्यक्रम गरिने भएको रेडियोका स्टेसन म्यानेजर विष्णु अधिकारीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad