Ad Area

तुलसीपुर १७ मा आज उम्मेदवारी दर्ता हुँदै


दाङ, २८ बैशाख । तुलसीपुर उपमहानगरपालिका १७ मा आज उम्मेदवारी दर्ता हुँदैछ ।

नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको हो । एमालेका लागि बुधबार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्याल जानकारी दिएका छन् ।

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ । वैशाख ३१ गते मध्यरातिसम्म प्रचारप्रसार गर्न पाइने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।