Ad Area

मतगणना स्थलमा भिडियो रेकर्ड गरिने


दाङ, २८ बैशाख । मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ । देशभरका सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड गरिने आयोगले जनाएको हो ।

निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्ने व्यवस्थाका लागि परिपत्र गरेको थियो । त्यस अनुसार स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा आधाभन्दा कम स्थानीय तहमा मात्रै सीसीटीभीबाट मतगणनाको निगरानी सम्भव भएको हो ।

देशभर १० हजार ७ सय ५६ वटा मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकेको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन गरी निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिन्छ ।

७ सय ५३ स्थानीय तहमा मतगणना हुनेछ । दुर्गम स्थानका मतदानस्थलमा बिजुली, इन्टरनेटको सुविधा नभएका कारण सीसीटीभी क्यामेरा राख्न सम्भव नभएको निर्वाचन आयोगले जनाएको छ ।

Blog Post Ad Blog Post Ad