Ad Area

‘फूलको थुङ्गा’ आधुनिक गीतहरूको एल्बम लोकार्पण


दाङ,२८ बैशाख । गीतकार प्रेमप्रसाद राजभण्डारीको शब्द तथा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीतहरूको एल्बम ‘फूलको थुङ्गा’को लोकार्पण गरिएको छ । घोराहीस्थित होटेल माला इनमा भएको एक कार्यक्रममा आधुनिक गीतहरुको एल्वम पूmलको थुङ्गाको लोकार्पण गरिएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा आधुनिक गीतहरूको एल्बम फूलको थुङ्गाूको लोकार्पण गरिएको थियो । राप्ती साहित्य परिषद दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं वरिष्ठ साहित्यकार एवं समालोचक डा अमर गिरीको प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष तथा वर्तमान केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनालको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार तथा समालोचक डा कृष्णराज डिसीले आधुनिक गीतहरूको एल्बम फूलको थुङ्गाको समीक्षा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं समालोचक डा गिरी, विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार खनाल, समीक्षक ।कृष्णराज डिसी,गीतकार प्रेमप्रसाद राजभण्डारी, सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक मोहित श्रेष्ठ, लेखक सघ दाङका अध्यक्ष खगराज न्यौपाने लगायतकाले मन्तव्य ब्यक्त गरेका थिए ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका सहसचिव प्रबल बिष्टको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य विष्णु शर्मा, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, परिषद्का वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार कमलमणि देवकोटा, परिषद् दाङ शाखाका पुर्व अध्यक्ष तथा सल्लाहकार डा लोकराज पराजुली, सल्लाहकार नगेन्द्र गुरू, हाम्रो पुर्णिामा साहित्य प्रतिष्ठानका सल्लाहकार पुष्कर रिजाल ‘पुष्प’ साहित्यकारहरू नारायण नेपाल, डा हिमालाल पन्थी, प्रकाश चन्द्र घिमिरे, हुमबहादुर डिसी, लोक आलोक, सन्ध्या रेग्मी, गुरूप्रसाद केसी, आशा न्यौपाने, बिना रोका, श्रावण नेपाली र पत्रकार रोम थापालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण परिषद् दाङ शाखाका सचिव प्रकाश केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad